बसन्त थापा र सीता श्रेष्ठको पञ्चेबाजाको गीत हाँसी हाँसी लोकप्रिय बन्दै

बागलुङ, २०७४ पुस १२ । नेपाली लोकगीत संगीतको क्षेत्रका एक महान हस्ती हुन बसन्त थापा । बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका थापाले थुप्रै गीत संगीत सिर्जना गरि बजारमा ल्याएका छन । उनका कैंयौ गीतहरुले अवार्ड समेत प्राप्त गर्न सफल भए ।

नेपाली गीत संगीतमा मौलिक पञ्चेबाजाका गीतहरु श्रोता दर्शक माॅझ पस्केर मन मुटुमा बस्न सफल गायक तथा सर्जक बसन्त थापा र पछिल्लो समयमा आफुलाई लोकसंगीतको क्षेत्रमा यात्रा तय गरिरहेकी गायिका सीता श्रेष्ठले बजारमा अर्को नयाॅ पञ्चे बाजाको गीत बजारमा ल्याएका छन । परदेशमा बसेर पनि गीत संगीतमा निरन्तर कलम चलाईरहेका गीतकार नारायण कंडेलको शब्द र बसन्त थापाको लयमा गित निकै मार्मिक बनेको छ । मंसिर महिना सकिएर पौष लाग्दै गर्दा बहुचर्चित गायक बसन्त थापाले गायिका सीता श्रेष्ठलाई हाँसीहाँसी डाेली चढाई लगेका छन । याे रियलमा चाँही होइन, हाँसी हाँसी जिन्दगी काट्नु पर्छ तिमिले भन्ने गितमा गायक थापाले पाले श्रेष्ठलाई डोली चढाएर लगेका हुन ।

पछिल्लो समयमा पञ्चेबाजा र थापा भनेपछि एक प्रकारको नयाँ पन हुनु स्वभाविक जस्तो लाग्न थालेको छ आम श्रोता दर्शकलाई । यसको अर्थ यो पनि हो कि बसन्त थापाका हरेक सिर्जनाहरु मन छुने खालका हुन्छन । पछिल्लो समय सार्वजनिक भएको हाँसी हाँसी एउटा त्यस्तो गीत हो जहाँ गीत मात्र होइन सन्देश पनि दिन खोजिएको छ । मायामा विछोड हुँदा पनि अरुको खुसीको लागी त्याग गर्न सक्नु पर्छ भन्ने सन्देश यस गीतमा प्रस्तुत गरिएको छ ।

जापानमा रहेर पनि नेपाली गीत संगीतमा निकै लोकप्रिय सर्जक नारायण कँडेलले यो गीतमा शव्द सिर्जना गरेका छन । ओवि रायमाझी र रञ्जिता गुरुङको भिडियोमा अभिनय रहेको छ भनें गीतको लय गायक बसन्त थापाको रहेको छ । सो गीतमा बसन्त थापा र सिता श्रेष्ठको सुमधुर आवाजले गीतलाई अझ राम्रो बनाएको छ । सीता श्रेष्ठ पछिल्लो समय गीत संगीतमा निकै चर्चा कमाउदै गईरहेकी छन । उनको सुमधुर आवाजले नेपाली लेकगीत संगीतका पारखीहरुको मन जित्न उनी सफल भएकी छन । गायक बसन्त थापाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।

प्रस्तुति : थम्मन थापा सन्देश, बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *