Menu

हातेमालो बचत तथा ऋण सहकारिकोे २० औ साधारण सभा सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ पुस ११ । हातेमालो बचत तथा ऋण सहकारि सस्था लिमिटेडको २० औ साधारण सभा आज गलकोट नगरपालीका वडा नं ७ मा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गदैं गलकोट नगरपालीका वडा नम्वर ७ का वडा अध्यक्ष सुबेदार टिका बहादुर थापाले सहकारीले आर्थिक कारोबार मात्र नभएर शेयर सदस्यको समुन्नती र बिकासको लागी योगदान गर्नुपर्ने बताए ।
कार्यक्रममा मल्म बहुउद्धेश्यिय सहकारि सस्था लिमटिेड मल्मका अध्यक्ष छुम बहादुर थापा, दिपज्योति आधारभुत बिद्यालयका प्रधानध्यापक सारदा देबी शर्मा, शेयर सदस्य राजकुमार दर्जिले शुभकामना मन्तब्य राखेका थिए ।
साधारण सभामा सञ्चालक समितीका सचिब बिर बहादुर चोखालले आर्थिक बर्ष २०७३÷०७४ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७४÷०७५ को भाबी कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो अबसरमा सस्थाका कोषाध्यक्ष टेकनाथ गौतमले १ करोड ५२ लाख २१ हजार २ सय ६९ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा असल बाल बचत कर्ता बाल कुमार थापा, असल बचतकर्ता बाटुली केसी, असल ऋणी मिना गुरुङ, ज्येष्ट शेयर सदस्य लिला थापा, एसइईमा उत्कृृष्ट अंक ल्याउने सहकारीका शेयर सदस्यको छोरा छारी मध्येवाट प्रदिप केसि र मनोज गौतमलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष डोल बहादुर के.सि.को अध्यक्षता प्रबन्धक पिताम्बर गौतमको स्वागत र सचिब बिर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *