गल्कोट नगर शिक्षाको मस्यौदा सार्वजनिक : मस्यौदा गल्कोटको समृद्धिको लागि- गनपा प्रमुख गैरे

वीरबहदुर चोखाल, बागलुङ (गल्कोट) २०७४ पुस ११ । गलकोट नगरपालिकाको आयोजना नेपाल गाजा डेभलप्मेन्ट फाउ्रन्डेसन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा गलकोट नगरपालिकाको शैक्षिक योजनाको मस्यौदा माथि छलफल तथा सुझाव संकलन कार्यक्रम आज गलकोट हटियामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकका प्रमुख भरत शर्मा गैरेले मस्यौदा समितिले तयार पारेको नगर शिक्षा योजनाको मस्यौदा गलकोटको समृद्धिको लागि बनाइएको बताए । उनले गुणस्तरीय शिक्षाको लागि विद्यमान चुनौतीको खोजी गरी जीवनोपयोगी शिक्षा नीति कार्यन्वयनको लागि गलकोट नगरपालिका प्रतिबद्ध रहेको बताए । नगर प्रमुख गैरेले कुनैपनि बालबालिका शिक्षाको मुल धारबाट पछाडि नपरुनु भन्ने उद्देश्यका साथ सामुदयिका विद्यालयलाई आवसिय बनाउने लक्ष्य लिएको बताए । उहाँले मस्यौदा माथि संकलित सुझाबलाई समावेश गरेर नगर परिषद्बाट पारित गरेर लागु गर्ने बताए ।

उक्त कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, जिल्ला शिक्षा कार्यलय बागलुङका जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल, शाखा अधिकृत लोकनाथ शर्मा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे ने.क.पा एमाले जिल्ला सदस्य बुल बहादुर के.सी ने.क.पा (माओवादी केन्द्र) का गलकोट संयोजक तिलक उप्रेती, राष्टिय जनमोर्चा गलकोटका संयोजक टंक बहादुर के सी गलकोटमा क्रियाशिल शिक्षक संघ संगठनको तर्फबाट एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोटका वरिष्ठ उपाध्यक्ष विर बहादुर चोखाल प्याव्सन तथा एनप्याव्सनको तर्फबाट यम श्रीस, प्रधानाध्यपकहरुको तर्फबाट पृथ्वी मा.वि हरिचौरका प्र.अ बद्रि प्रसाद ढकाल प्लान नेपालको अधिकृत विकाश रिमाल गाजा डेभलमेन्ट फाउन्डेशनका सुर्य कंडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्रोत व्यक्ति बम बहादुर थापाले शैक्षिक संर्वेक्षण मस्यौदा, स्रोत व्यक्ति दिनेश पन्तले ५ वर्षे रणनिति योजना मस्यौदा गलकोट मा.विका प्रधानाध्यापक देवेन्द्र खत्रीले आ.व २०७४/७५ विस्तृत कार्ययोजना गोल्डेन फ्यूचर बोर्डिङ स्कृलका प्रिन्सीपल चुडामणि शर्माले आ.व २०७४÷ ७५ को अनु्गमन योजना, जनजागृति मा.वि का प्र.अ तेजेन्द्र बुढाथाकीले गलकोट नगरपालिकाको सामाजिक साँस्कृतिक परिचय मस्यौदा प्रस्तुत गरेका थिए । गलकोट नगरपालिका भित्रका जनप्रतिनिधी, राजनितिक पार्टीका प्रतिनिधि प्रधानाध्यापक शिक्षक संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम गलकोट नगर शिक्षा समितिका संयोजक हिमबहादुर भण्डारी (हेमन्त) को अध्यक्षता नगर शिक्षा समिति सदस्य कमला ढकालको स्वागत सरस्वती मा.वि दुदिलाभाटीका प्रधानाध्यापक भिम बहादुर पुुनको संञ्चालनमा सम्पन्न भएको थियो ।

रेडियो गलकोट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *