बाढी पहिरोमा ज्यान गुमाएका ढोनपाका दुई परिवारलाई नगरपालीकाद्वारा राहत हस्तान्तरण ।।

छबिलाल पाण्डे, बागलुङ २०७४ पुस ९ । ढोरपाटन नगरपालीका कार्यालय द्धारा बर्षातका समयमा पहिरोले पुरिएर ज्यान गुमाएका ढोरपाटन नगरपालीका ५ पाखापानीका ओम प्रसाद कामी नवि खोला तर्ने क्रममा नदिमा बगेर ज्यान गुमाएकी ढोरपाटन नगरपालीका ९ का जिवन बिककि छोरी बेलकुमारी बिकको परिवारलाई ढोरपाटन नगरपालीकाले आईतबार एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

ओम प्रसाद कामिको गत साउन २० गते घर नजिकै गोठमा सुतिरहेको अबस्थामा गोठमाथिदेखि आएको पहिरोले पुरेसंगै ज्यान गएको थियो । मृतक ओमप्रसाकि श्रीमतीलाई नगरपालीकाले १ लाख रुपैयाको चेक हस्तान्तरण गर्दे राहत उपलब्ध गराएको छ । त्यस्तै बाग्लुङ सेवा समाज युएई दुबै द्धारा संकलन गरी पठाईएको नगद ८ हजार राहत रकम समेत आजनै हस्तान्तरण गरीएको थियो ।

त्यसैगरी ढोरपाटनको नवि खोला तर्ने क्रममा ज्यान गुमाएकि बेलकुमारी बिकको परिवारलाई समेत पचास हजार रुपैयाको चेक हस्तान्तरण गरीएको हो । मृतकको घरमै पुगेर राहत हस्तान्तरण गर्ने योजना रहेपनी कार्यब्यबस्ताका कारण नगरपालीकामा बोलाएर आफुहरुले राहत हस्तान्तरण गरेको ढोरपाटन नगरपालीका प्रमुख देबकुमार नेपालीले बताए। कार्यक्रममा पत्रकार, समाजसेवि, बुद्धिजिवी लगाएतको उपश्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *