अमृत आदर्शमा विद्यालय स्तरीय जोखिम तथा क्षमता विश्लेषण कार्यक्रम सम्पन्न !

बागलुङ २०७४ पुस ८ । युरोपिन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल र गाजा डेभलपमेन्ट फाउन्डेशनको साझेदारीमा स्थानीय अमृत आदर्श माविमा विद्यालय स्तरीय जोखिम तथा क्षमता विश्लेषण कार्यक्रम सम्पन्न भएको छ।

३२ जना विद्यार्थीहरुको सहभागिता रहेको सो विश्लेषण कार्यक्रममा भुकम्प, हावाहुरी, आगालागी, खडेरी, महामारी, सडक दुर्घटना र असिना पानीले पु-याउने क्षती बारेमा प्रशिक्षण दिईएको थियो ।

नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशनकीफिल्ड सुरभाईजर हरिमाया घर्तीमगर तथाशिक्षक सरोजराज पन्तले प्रशिक्षण दिएका थिए ।

बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार श्रेष्ठले गरेका थिए भने स्वागत विद्यालयका प्राचार्य महेशचन्द्र प्रधानले गरेका थिए । कार्यक्रमको सन्चालन विद्यालयकी शिक्षिकालक्ष्मी खड्काले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *