मुख्य न्यायाधीश सिवाकोटीद्वारा फरक क्षमता भएका पांच जना अपांगहरु सम्मानित !

बागलुङ, २०७४ पुस ८ । समाजमा फरक क्षमता भएका अपांगहरुलाइ प्रोत्साहन गर्दै आएको स्व.प्रबिण खड्का स्मृति सेवा कोषको दशौ पुरस्कार एबम सम्मान समारोहको उच्च अदालत बागलुङका मुख्य न्यायाधीश शेषराज सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

सो सभामा प्रमुख अतिथि सिवाकोटीबाट दृष्टि बिहिन तर्फ नवलपरासीका उत्सव गौतम,सुस्त मनस्थिति तर्फ बागलुङका ट्ङ्कप्रसाद सापकोटा,शारीरिक अपांग तर्फ यामबहादुर थापा, बहिरा तर्फ दोलखाका निर्मल अधिकारिलाइ पुरस्कार र पर्वतका दृष्टिबिहिन कुमार पुनलाइ सम्मान गरिएको थियो।

सो अवशरमा सभाका सभापति एबम कोषका अध्यक्ष साहित्यकार काजी राेशनले सस्थालाइ अबिराम अघि बढाइने बताए ।

समारोहमा रुद्रेपिपल मा वि का प्र.अ.राजेश श्रेष्ठ ,ध.बहिरा मा वि का प्र अ मधुसूदन, उपभोक्ता मन्चका शैलेन्द्र श्रेष्ठ ,अधिवक्ता काजी गाउँले श्रेष्ठ, बिना कार्की, वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा,साहित्यकार प्रेम छोटाको मतब्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथिलाई सस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियोे । परिवार तर्फबाट धन्यवाद सर्मिला खड्का, स्वागत बिस्वनाथ रेग्मी र सन्चालन सचीव युक्तजङ राजभण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *