ताराखोला बचत तथा ऋण सहकारी सस्थाको साधारण सभा/अधिबेशन सम्पन्न

पूर्णभद्र न्यूरे, ताराखोला, बागलुङ २०७४ पुस ८ । ताराखोला बचत तथा ऋण सहकारी सस्था ताराखोला गा पा ४ ताराको साधारण सभा तथा तेस्रो अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले भक्त बहादुर पाण्डेको अध्यक्षता मा १३ सदस्यीय कार्य समिति चयन गरेको गरेको छ। समितिको उपाध्यक्षमा नन्दलाल सुवेदी , सचीव मा कप बहादुर घर्ती ,सहसचिव धन बहादुर खत्री र कोषाध्यक्ष मा रामलाल सुवेदी चयन भएका छन ।

यसै गरि सदस्य हरु मा धन बहादुर गौचन,भुमा देवि कडेल,आशिकला घर्ती,लक्ष्मि के सि , हरि प्रसाद चालिसे ,हिमलाल रोका,दिप बहादुर रोका रहेका छन। त्यस्तै अधिबेशन ले लोक बहादुर क्षेत्री को संयोजकत्व मा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ ।

साधारण सभालाई सम्बोधन गर्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले ग्रामिण क्षेत्रका जनताको जिबनस्तर उकास्ने प्रमुख माध्यम सहकारी भयकोले सहकारीमा आबद्ध भै नियमित बचत गर्न अनुरोध गरेका छन।

साधारण सभामा सस्था का कोषाध्यक्ष रामलाल सुवेदीले प्रस्तुत गरेको ४ करोड ९२ लाख ५० हजार ५ सय १७ रुपैया बराबरको आय ब्याय , सचिब हुमा कुमारी कडेलले प्रस्तुत गरेको बार्षिक प्रगती प्रतिबेदन र लेखा समितिका संयोजक लोक बहादुर क्षेत्रीले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिबेदनलाई सर्बसम्मत रुपमा परित गरेको छ ।

कार्यक्रममा ताराखोला गाउपालिका का राजनीतिक सल्लाहकार नरेश के सि,नेपाल मा बि ताराका प्रधानाध्यापक थम प्रसाद रोका शिक्षक दिपेन्द्र पौडेल, सन्चार कर्मी पूर्ण भद्र निउरे, जनएकता बहुउद्देश्यीय सहकारी सस्था ताराका सचीव नर बहादुर घर्ती ,प्रबन्धक रण बहादुर पाण्डे सदस्य भिम कुमारी रोका , खुमलाल कडेल ले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सोही अबसरमा असल ऋणी तुल बहादुर बि क , ज्येष्ठ शेयर सदस्य कवि घर्ती,उत्कृष्ट बचत कर्ता सुन्तली दर्जी , माध्यमिक शिक्षा परिक्षा २०७३ मा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरी युवराज गैरे र मिलन चालिसेलाई सम्मान गरिएको थियो। २०६६ फागुन देखि कारोबार शुरु गरेको सहकारीमा हाल सम्म ४५९ जना शेयर सदस्य र शेयर पुजी १९ लाख २९ हजार रहेको सस्था ले जनायको छ ।कार्यक्रम सस्थाका अध्यक्ष चन्द्र प्रसाद गौचन को अध्यक्षता उपाध्यक्ष नन्दलाल सुवेदी को स्वागत र सहसचिव धन बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *