Menu

जापान नेपाली एकता समाजको प्रथम सम्मेलन तथा नया बर्ष कार्यक्रमको तयारी अन्तिम चरणमा

मेघराज रिष्मेली, जापान २०७४ पुस ८ । नेपालबाट रोजगारको शिलशिलामा जापान आएका नेपालीहरूको साझा संगठन जापान नेपाली एकता समाजको “तपाईहरूको सहयोगी हात -जापान नेपाली एकता समाजको साथ” भन्ने मुल नारा सहित प्रथम सम्मेलन आगामी डिसेम्बर ३१ तारिक जापानको ओसाकामा उद्घाटन गरि जनवरी १ तारिक टोकियोमा पत्रकार सम्मेलन गरेर सम्पन्न हुदै छ । त्यस सम्मेलनको लागि जापानमा विभिन्न पेसामा छरिएर रहेका नेपालीहरूलाई उक्त प्रथम राष्ट्रिय सम्मेलन भव्य एंव सभ्य रूपमा सम्पन्न गर्नको लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

यो संगठन पार्टीगत रूपमा स्थापना नभई नितान्त नेपाली र नेपालीहरूको हक हित गर्नमा तत्पर्ताको लागि स्थापना भएको यस संस्थाका संस्थापक बरिष्ठ उपाध्यक्ष भिम के सी ले जानकारी दिए । नयाँ बर्ष २०१८ को शुभकामना आदान प्रदानको साथै सास्कृतिक कार्यक्रम पनि रहेको उपाध्यक्ष के सी ले बताए ।

उक्त कार्यक्रम गरि बचत भएको रकम जापानमा नेपालीहरूलाई भैपरि आउने समस्या आपतकालिन राह सहयोगार्थको लागि खर्च गरिने उपाध्यक्ष के सीले इ बाग्लुङ्ग डट कमलाई जानकारी दिए ।

नयाँ बर्षको सास्कृतिक कार्यक्रम डिसेम्बर ३१ मा ओसाका र जनवरी १ मा टोकियो गर्ने निर्णय भएको छ त्यस कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय र जनवादी कलाकार त्रय गायक राम्जी खाँड, जनवादी गायक हेमराज आश्रम र लोक दोहोरी गायिका स्मृति पुन साथमा स्थानीय कलाकार संगै नौमती बाजाको साथमा कार्यक्रमर प्रथम सम्मेलनको लागि राष्ट्रिय जनमोर्चाका काठमाडौँ इन्चार्ज आनन्द शर्मा द्वारा उद्घाटन हुने जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा (अर्जुन)ले जानकारी गराए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *