Menu

बामपन्थी सरकारले ज्येष्ठ नागरिकको सम्मानार्थ बृद्ध भत्ता रु ५ हजार बनाउन पहल गर्ने-पौडेल

थम्मन थापा सन्देश, गल्कोट २०७४ पुस ८ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का नव निर्वाचित सांसद देबेन्द्र पौडेलले अब बन्ने बामपन्थी सरकारले ज्येष्ठ नागरिकको सम्मानार्थ बृद्ध भत्ता मासिक रु ५ हजार बनाउन क्याबिनेटको पहिलो बैठक मार्फत निर्णय गर्न पहल गर्ने बताए ।

उनले लामो समय देशमा स्थिर सरकार नहुॅदा देशको समृद्वि र विकासले फडको मार्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । पौडेलले भनें स्थायी सरकार र मुलुकको समृद्विको लागि बाम गठबन्धन हुॅदै पार्टी एकताको प्रकृया अघि बढेको बताए । जनताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराई ऐतिहाॅसिक अवसर प्रदान गरेको अब समाजवादको आधार तय गर्ने वातावरण निर्माण भएको उद्घोष गरे । अब आर्थिक विकासमा आफु लागि पर्ने समेत बताए । जनताको सुशाषन, समृद्वि र शान्ति अमन चयनमा समेत आफुहरु प्रतिवद्व रहने पौडेलको भनाई थियो । सो अवसरमा आफुलाई अमुल्य मत प्रदान गर्ने सम्पुर्ण मतदातालाई आभार व्यक्त गरे ।

सांसद पौडेलले वर्तमान सरकारले यो या त्यो बाहानामा बखेडा नझिकि जनमतको कदर गर्दै नयाॅ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न समेत अपिल गरे । जनता सामु चुनावको बेला गरेका प्रतिवद्वताहरु प्रकृयागत रुपमा क्रमश अगाडि बढाउदै विकास र समृद्विमा लाग्ने समेत जोड दिएका छन । त्यस्तै बागलुङ क्षेत्र नं २ प्रदेश (क) बाट नव निर्वाचित सांसद चन्द्र बुढा सागरले देशमा सिमित श्रोत साधन असिमित ईच्छा आकांक्षा र आवश्यकताहरु रहेको भन्दै क्रमश अगाडि बढाउने बताएका छन । आफु यस क्षेत्रका जनताको भावना र आवश्यकताहरुलाई नजिकबाट नियालेको भन्दै विकास र समृद्विमा स्थानिय स्तरबाटै हातेमालो गर्ने बताए ।

गत मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बागलुङमा बाम गठबन्धन विजयी भएको खुसीयालीमा गलकोट नगरपालिका ३ हटिया बजारमा विजयी सभा तथा बधाई कार्यक्रम सम्पन्न भएको हो । नव निर्वाचित सांसदहरुको उपस्थितीमा स्थानिय नेता कार्यकर्ता, शुभेच्छुकको उपस्थितिमा बाजागाजा, नारा, जुलुश सहितको र्यालीले हटिया बजार परिक्रमा गरेको थियो । विजयी सभामा नेकपा एमाले गलकोट नगर समिति संयोजक डम्मर श्रीस, नेकपा माओवादी केन्द्रका गलकोट नगर समिति अध्यक्ष तिलक उप्रेती र राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति संयोजक टंक केसीले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *