खड्ग देवी माविको वार्षिकोत्सव शुक्रवार देखी सुरु

कमल पौडेल, बागलुङ २०७४ पुस ७ । बडीगाड गाउपालिका तुन्डाडा खड्ग देवी माविको वार्षिकोत्सव शुक्रवार देखी सुरु भएको छ । पहिलो दिन भएको कार्यक्रममा अन्तरसदनात्मक प्रावि रिलेदौड प्रतियोगता सम्पन्न भएको छ । जस अन्तर्गत छात्र तर्फ धर्म सदन प्रथम, दशरथ द्धितिय, शुक्र सदन तितृय भएका छन् त्यस्तै छात्रा तर्फ धर्म, गंगा, र शुक्र क्रमस प्रथम द्धितिय र तृतिय भएका छन्।

त्यस्तेै प्रावि हाजिरि जवाफ प्रतियोगितामा शुक्र दशरथ र धर्म क्रमस प्रथम द्धितिय र तृतिय भएका छन्। १ हजार मिटर दौडमावि मा छात्र तर्फ धर्म, गंगा, र शुक्र क्रमस प्रथम द्धितिय र तृतिय भएका छन्। ५ सय मिटर दौड मावि छात्र तर्फ शुक्र, गंगा धर्म क्रमस प्रथम द्धितिय र तृतिय भएका छन्।
कार्यक्रम विद्यालय व्यावस्थापन समिितको अधयक्ष निम वहादुर भुजेलको अध्यक्षता, प्रधानाध्यापक वेद प्रसाद पोखरेलको स्वागत तथा संचालन शिक्षक कमल खरेलले गर्नुभएको थियो। कार्यक्रममा ९ गते सम्म चल्ने विद्यालय जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *