बागलुङमा गरियो म्यादी प्रहरीको बिदाई : कालिकोटमा प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु !

बागलुङ २०७४ पुस ७ । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरीहरुलाई बिदाई गरिएको छ । म्याग्दी प्रहरीहरुको बिदाई कार्यक्रम प्राय: जसो जिल्लामा राम्रो संग सम्पन्न भैरहेपनि कालिकोटमा भने म्याग्दी प्रहरीलाई दिईने रासन रकम हिनामिना भएको भन्दै बिबाद उत्पन्नहुँदा प्रहरीको गोली प्रहारबाट एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

कालिकोट अहिले पनि तनाव ग्रस्त रहेको छ । शुक्रबार दिउँसो सदरमुकाम मान्ममा प्रहरी र म्याग्दी प्रहरीवीच भएको झडपमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो ।

यता बागलुङ जिल्लामा नियुक्त गरिएका म्याग्दी प्रहरीहरुलाई सदरमुकाम जिल्ला प्रहरी कार्यालय बागलुङ परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी उपरीक्षक दिपक रेग्मीले बिदाई गरेका छन् ।

बागलुङ सदरमुकाममा ७ सय भन्दा बढी र बुर्तिवाङमा रहेका १७३ जना म्याग्दी प्रहरीमा ५० जना जति घरपायक मिलेकोले सदरमुकाम र बाँकी १२३ जनालाई आज शुक्रवार बुर्तिवाङ बजारमा प्रहरी निरीक्षक कृष्ण रानाले विदाई भएर जान लागेको म्यादी प्रहरीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

तस्वीर- बागलुङ जिल्लाको बुर्तिवाङमा म्यादी प्रहरीलाई बिदाई गरिदै / अस्मिता कायत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *