Menu

चार नम्बर प्रदेश सभामा मन्त्री बन्ने अधिकारीको धोको, लविङ गर्न पुगे काठमाडौ !

महेन्द्र केसी, पर्वत २०७४ पुस ७ । चार नम्बर प्रदेशको मन्त्री बन्ने धोको पूरा गर्न पर्वत क्षेत्र नं १ प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पर्वत इन्चार्ज नेत्रनाथ अधिकारी यतिबेला राजधानी काठमाडौँमा लविङ गर्न पुगेका छन् । प्रदेश ४ मा आफूलाई मन्त्री बन्नको लागि कसैले पनि रोक्न नसक्ने समेत उनले दाबी गरेका छन् । आफ्नो बराबरका नेताहरु प्रदेश ४ मा अरु नभएका कारण आफ्नो मन्त्री हुने सपना पुरा हुने उनको बिश्वास छ, तर कुन मन्त्री भन्ने बारे उनले खुलाएका छैनन् ।

चुनावमा विजयी भएपछि घरदैलोमा पुगी बधाई तथा धन्यबाद ज्ञापन गर्दै हिडेका अधिकारी प्रदेशसभा गठन तथा मुख्यमन्त्री चयनका विषयमा राजनीतिक दलहरु विच छलफल र प्रदेश मुकामको बारेमा बहस चलिरहेको बेलामा उनले घरदैलो अभियानलाई स्थगित गरेर काठमाडौ पुगेका हुन् ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा लागेका अधिकारी पर्वतमा अघिल्लो निर्वाचनमा पराजित भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *