निसीखोलाको हर्पेमा प्लाष्टिकको झोला भित्र भेटियो नवजात शिशुको शव

झरना कंडेल, बुर्तिवाङ २०७४ पुस ७ । निसीखोला गाउ पालिका १ हर्पेमा करिब साढे २ महिनाको नवजात शिशुको शव फेला परेको छ । हर्पे गाँउको केही तल बाटोमा गर्भ रहेको करिब साढे २ महिनाको वच्चा प्लाष्टीक झोलामा सेनेटरी प्याडसँगै फालेको भेटिएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले जानकारी दिए ।

हिँजो साँझ निसीखोला गाँउपालिका वडा नम्बर १ का अध्यक्ष इन्द्र मल्लले बाटोछेउमा वच्चा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । अवैध सम्बन्धबाट गर्भ रहेपछी वच्चा फालेको हुन सक्ने प्रहरीको अनुमान छ । वच्चा कसले फाल्यो भन्ने विषयमा स्वास्थ्य चौकीमा चेकजाँचपछी थप अनुसन्धान गरीने प्रहरी निरिक्षक रानाले बताए ।
तस्वीर- नरायण शर्मा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *