पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तर्कृया सम्पन्न !

महेन्द्र सिंह, काठमाडौं २०७४ पुष ६ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा आयोजित पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तर्कृया कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले निरङ्कुशता विरुद्ध शसक्त भुमिका खेलेको र निर्वाचन सम्पन्न गराउन दवाव दिएकोमा नेपाली मिडियालाई धन्यवाद दिदै नेम्वाङ्ले पत्रकारिता जगत् सम्वेदनशील् भएकोले समाचार सम्प्रेषणमा संयमता अपनाउनपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागिहरुले साना लगानीका मिडियाले पाउनुपर्ने सुविधामा बढोत्तरी गर्न आग्रह गरेका थिए ।

सो अवसरमा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार र सन्चारमाध्यमले गर्न हुने र गर्न नहुने बिषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रपत्रिकाको वर्गीकरणका लागि समसामयिक मापदण्ड तय गरिएको र आजैदेखि २०७३/७४ को पत्रपत्रिकाको वर्गीकरणको लागि दरखास्त आव्हान गरिएको सुचित गर्नुभयो ।

काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५१ जना पत्रकार सहभागी थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *