Menu

सर्कुवामा माटो खन्दा पुरिएर २ को मृत्यु १ घाइते ।

विजय राना, बागलुङ २०७४ पुष ६ । बागलुङको जैमिनी नगर पालिका वडा न. ४ सर्कुवामा माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

बुधबार घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णकला नेपालीको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले बताएको छ ।

सोही स्थानकी तारा सुनार घाइते हुनु भएको छ । देब्रे हातमा चोट लागेकी सुनारको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको छ । उहाँकोे अवस्था सामान्य रहेको बताइएको छ ।

मृतक द्वय सुनार र नेपालीको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *