Menu

३० दिनको अन्तरालमा ३ जना प्रहरी प्रमुख : जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता – प्र. उ. रेग्मी

किरण आचार्य, बागलुङ २०७४ पुष २ । जिल्ला प्रहरी कार्यालय बागलुङमा ३० दिन नपुग्दै ३ जना प्रहरी उपरीक्षकहरुको स्थानान्तरण भएको छ । यस अघि मङ्सीर ५ गते प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ्गको स्थानमा हिमालय श्रेष्ठ प्रहरी प्रमुखको रुपमा बागलुङ आएका थिए र अहिले प्रहरी प्रमुखको रुपमा दिपक रेग्मी स्थानान्तरित भएका छन् ।

नवागत प्रहरी उपरीक्षक रेग्मीले आज जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार भेटघाट कार्यक्रम गरी जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नै आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

ट्रेनिंग सेन्टर भरतपुरबाट काजमा सरुवा भई आएका रेग्मीले पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाउन कटिबद्ध भएर मेहनत गर्ने बताए । उनले आफुसग कुनै पनि ठुला योजना नरहेपनि जस्तो अवस्था छ त्यसैलाई थप प्रभावकारी बनाउने समेत बताए ।

“जिल्लामा भए गरेका कामलाई सफतापुर्वक सम्पन्न गर्ने छु”, भन्दै रेग्मीले शुरुमा सरुवा भएर आउदा काम गरेजस्तो देखाउन आफुले नचाहेको उल्लेख गरे । बिगतमा अपराध महाशाखामा समेत बसेर काम गरेका उनले जिल्लामा हुने जुनसुकै आपराधिक घटनालाई नियन्त्रण गर्ने जानकारी दिए ।

उनलेले यसअगाडि भएका घटनाहरुको सत्य तथ्य अनुसन्धान गरि सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न सबै संगको सहकार्य आवश्यक हुने उल्लेख गरे । उनले व्यक्ति र संगठन एक आपसमा फरक भएकोले प्रहरी आफनो काम,कर्तव्यमा सधै लाग्ने समेत बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *