Menu

विपक्षीसंग पनि हातेमालो गर्ने बागलुङ क्षेत्र नं. २ का सांसद पौडेलको भनाई, देश नयाँ युगमा प्रवेश गरेको दावी ! (फोटो फिचर)

कमल पौडेल, बागलुङ २०७४ पुष २ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संविधानमा व्यवस्था भए वमोजिम समाजवाद उन्मुख विकास विपक्षहरुसंग सहकार्य गर्दै गर्ने वताउनु भएको छ। बडिगाड गाउँपालिकाको भिमगिठे तथा ग्वालीचौरमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै पौडेलले तिन खम्बे अर्थनितिलाई अंगिकार गर्दै राजनैतिक स्थायीत्व संगै देशको विकासमा लाग्ने वताउनु भएको छ। निर्वाचनमा सहयोग गर्ने मतदातालाई धन्यवाद दिँदै पौडेलले जनताको आकंक्षा र माग अनुरुप काम गर्ने वताउनु भएको छ। विगतमा भएगरेका केहि कमिकमजोरीहरु विर्सदै नयाँ युगमा प्रवेश गर्दै गरेको सन्दर्भमा सवै वाम एकै ठाउँ हुने प्रक्रिया अगाडि वढिसकेको वताउनु भएको छ। पौडेलले भन्नुभयो “धेरै पहिले देखि कल्पना गरिएको नेपालमा एउटा कम्यूनिष्ट पार्टि वनाउने सपना पुरा हुन लागेको भन्दै कसैले शंका नगर्न आग्रह गर्दछु ।”

कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका बागलुङ इन्चार्ज चन्द्र वहादुर वुढा सागरले जनतालाई केन्द्र र प्रदेश सम्म जोड्ने पुलको रुपमा आफूले काम गर्ने वताउनु भएको छ। सागरले आफूले यो भुगोल राम्रो संग पहिचान गरेको भन्दै जनता संगै रहेर काम गर्ने वताउनु भएको छ। जनता संग काम गर्ने सुनौलो अवसर प्राप्त भएको भन्दै सागरले निरन्तर जनताको सुझाव र खवरदारीको सदैव सम्मान गर्ने वताउनु भएको छ।

त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर तथा एमाले नेता देव कुमार नेपालीले स्थानिय सरकारले जनताका आधारभुत आवश्यकता पहिचान गर्ने र तीनै तहको माध्ययमवाट जनतालाई सम्वृद्ध वनाउने दृढता व्यक्त गर्नुभयो । भिमगिठेको कार्यक्रममा वोल्दै मेयर नेपालीले स्थानिय आगलागी पिडितलाई २२ हजार सहयोग रकम समेत घोषणा गर्नुभएको छ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जनप्रतिनिधि निरन्तर जनताको आवश्यकता संग खेल्नुपर्ने भन्दै समस्याको पहिचान गरि समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

भिमगिठेको कार्यक्रम माओवादी केन्द्र भिमगिठेका इन्चार्ज जित वहादुर थापाको अध्यक्षता, वडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्ण केसिको स्वागत मन्त्व्य तथा कृष्ण भट्राईको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै वडिगाड गाउँपालिका वडा नं. ५ खौलारमा भएको कार्यक्रम माओवादी केन्द्र ग्वालीचौरका इन्चार्ज कलाधर घिमिरेको अध्यक्षता तथा नेकपा एमाले ग्वालीचौरका अध्यक्ष कमलराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

फोटो फिचर:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *