भीमगीठेमा अपांग महिलाकाे शव फेला बलात्कार गरि फालेकाे आशंका !

बिमल खड्का, बागलुङ २०७४ पुष २ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं ७ भीङगिठेमा एक महिलाकाे सव वेवारिसे अवस्थामा फेला परेकाे छ ।

गुल्मी सावि नेटा गाविस हाल मुसिकाेट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दाेवाटा कमल अधिकारीकाे घरमा बस्दै अाएकी शारिरक रुपमा बाेल्न नसक्ने अन्दाजी ५५ बर्ष कि नाम सीता लाटि जिसी महिलाकाे शव शनिबार राती ११:४५ बजे भीमगिठे थाम्का डाडाकाे जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख(एस .पि) दिपक रेग्मीका अनुसार महिलाकाे शरिरिमा कपडा नभएको अबस्थामा भेटिएका; कारण बल्तकार गरी हत्या गरेर फालेकाे हुन सक्ने बताउनुभयाे ।

राति अबेरसम्म पनि घरमा नअाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले भीमगिठे बसेर कुलाेमा काम गर्ने २ जनालाई अनुसन्धानका लागी पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेकाे छ ।
उनिहरुलाई थप अनुसन्धानकाे लागि अाज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिनुभयाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *