खाना पकाउने ग्यासको मूल्य वृद्धि !

काठमाडौं, २०७३ माघ २० । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी खाना पकाउने ग्यासको प्रति सिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको छ । अहिले प्रति सिलिन्डरमा १ सय २ रुपैयाँ वृद्धि भएर प्रतिसिलिन्डर उपभोक्ता मूल्य १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य वृद्धि गरिएको हो ।

यसअघि गत भदौ १६ गते प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार तीन सय ७५ बाट २५ रुपैयाँ घटाएर एक हजार तीन सय ५० रुपैयाँ मूल्य कायम गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *