Menu

५ हजार मृत्यु राहत रकम प्रदान

बागलुङ २०७४ मंसिर २९ । सूचना र सञ्चार, वचत तथा ऋण लगायत सामाजिक कार्यमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोष अन्तर्गत संस्थाका शेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरेको छ ।

संस्थाले शेयर सदस्य तथा उनीहरुका परिवारका सदस्यको निधन हुदा घरमै गएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत रकम प्रदान गर्दै आएको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ गुठी निवासी शेयर सदस्य हुमादेवी खड्काका ससुरा लोकबहादुर खड्काको निधन भएको १२ औं दिनको पूण्य तिथि पारेर संस्थाले घरै गएर शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाका उपाध्यक्ष अञ्जु जि.सी, सह–सचिव ललिता थापा लगायतले स्वर्गीय ओमबहादुर खड्काकी छोरी मैया केसीलाई शेयर सदस्यका परिवारका सदस्यको निधनमा संस्थाले प्रदान गर्ने ५ हजार मृत्यु राहत रकम र शोक वक्तव्य प्रदान गर्नु भएको थियो ।

हरेक शेयर सदस्यबाट प्रत्येक दिन एक रुपैया संकलन गरी संस्थाले दैवि प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा ५ हजार रुपैया संस्थाले सहयोग गर्दै आएको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।

धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारीमा हाल १२ सय जना शेयर सदस्य, २ करोड ६० लाख शेयर रकम, ८ करोड वचत रकम र ११ करोड कर्जा लगानी रहेको उपाध्यक्ष जिसीले जानकारी दिनु भयो ।

श्रद्धाञ्जली कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता र लेखा समितिका संयोजक मिलन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *