गुणस्तरीय संगीतका लागि सुर डिजिटल रेकर्डिङ स्टुडियो

केशव वि.क., मंसिर–२८ । एक्काइसौँ शताब्दीको युगमा आई पुग्दा नेपाली गीत संगीतको बजारले धेरै फड्को मारिसकेको छ । यहाँ दैनिक सयौँको संख्यामा गीत सँगीत बजारमा भित्रिरहेका हुन्छन् । सँगीतलाई साच्चिकै सँगीत जस्तो बनाउन पर्दा पछाडीबाट काम गरीरहने एउटा महत्वपूर्ण पाटो रेकर्डिङ, एरेन्ज र मिक्सिङ, जसको उल्लेख्य भूमिका रहेको हुन्छ ।

बजारमा हजारौँ रेकर्डिङ स्टुडियो स्थापना भएका छन् । ती हजारौँ रेकर्डिङ स्टुडियो भित्रको पनि एउटा नाम हो, सुर डिजिटल रेकर्डिङ स्टुडियो । काठमाण्डाँै उपत्यका भित्र संचालित विभिन्न रेकर्डिङ स्टुडियो मध्ये यतिखेर सुर डिजिटल रेकर्डिङ स्टुडियो गीत संगीत पारखी एवं कलाकारहरुको रोजाई पर्न थालेको छ ।

लामो समयदेखि संगीतको क्षेत्रमा संघर्षरत होनहार प्रतिभाका धनि कुशल रेकर्डिष्ट रमेश सेन्चुरीले उक्त रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका हुन् । सर्वाेत्कृष्ट रेकर्डिष्टको पुरस्कार पाउन सफल सेन्चुरीले स्तरीय संगीत सृजना तथा कलाकारको माग र आवश्यकतालाई मध्यनजर गर्दै काठमाण्डौँ स्थित डिल्ली बजारमा रेकर्डिङ स्टुडियो संचालनमा ल्याएको बताउँछन् ।

सेन्चुरी उत्कृष्ट रेकर्डिष्ट मात्र नभएर कुशल संगीत एरेन्जर एवं संगीत समायोजनका ज्ञाता पनि हुन् । उनले आफ्नो स्टुडियोमा गीत एरेन्ज ,रेकर्ड तथा मिक्सिङको लागि आउने कलाकारहरुलाई सन्तुष्ट बनाएर पठाउने गरेका छन् ।

संगीतको बजारलाई उकास्न, संगीतमा भए गरेका बिकृति विसंगति न्यून गर्न र संम्पूर्ण गीत संगीतमा रुचि राख्ने व्यक्ति, कलाकार तथा संगीतमा लगानी गर्नेहरुका लागि सुर डिजिटल रेकर्डिङ स्टुडियो एउटा विश्वासनिय कामसंगै उदारणीय स्टुडियोको रुपमा स्थापित भएको छ ।

सो रेकर्डिङ स्टुडियोमा गीत संगीतको काम गरेका कलाकार आफु पूर्ण रुपमा सन्तुष्ट भएको बताउँछन् । गीत संगीतमा लगानी र संघर्ष गरिरहेका संगीतप्रेमी महानुभावहरुले गुणस्तरीय संगीतका लागि सम्झिनै पर्ने नाम सुर डिजिटल रेकर्डिङ स्टुडियो हो ।

कलाकर्मीको विश्वासलाई डगमगाउन नदिई आगामी दिनमा पनि बजारको आवश्यकता र संगीतमा चासो राख्ने कालकारहरुको चाहना अनुुसार अगाडी बढने स्टुडियोका संचालक सेन्चुरीको भनाई छ । गीत संगीत सम्बन्धी जुनसुकै काम गर्नु परेमा ९८४११४६८७८ सिधै सम्पर्क गर्न सकिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *