Menu

अझै भेटिएनन त्रिशुली नदीमा खसेको वसका दुई यात्रु

प्रेम सुनार, गुल्मी, २०७४ मंसिर २८ । निवार्चनको मुखमा यहि मंसिर १३ गते चितवनको ईछच्छाशक्ति गाउँपालिका अन्तरगत त्रिशुली नदिमा खसेको वसका यात्रुहरु मध्ये अझै दुई जना फेला पर्न सकेका छैनन् ।

काठमाण्डौबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख २९१ नम्वरको वस उक्त दिन चितवनको ईच्छा शक्ति गाउँपालिका वडा नम्वर ३ थिस्लीङ्ग भन्ने स्थानको सडकबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा सता जनाको मृत्यु भएको , २२ जना घाईते रहेको र अझै दुई जना फेला पर्न नसकेको आफन्त मार्फत आफुहरुले जानकारी पाएको ईलाका प्रहरी कार्यालय मुग्लीङ्गका प्रमुख प्रहरी निरीक्षक धर्म केसीले बताए ।

‘मृतक मध्ये एक जनाको अझै सनाखत हुन सकेको छैन्,–प्रहरी निरीक्षक केसीले भने,–अर्घाखाँचीबाट दुई जना वेपत्ता भएको आफन्जनले टिपाएका छन् खोजी कार्य जारी छ ।’ उनका अनुसार वेपत्ता हुनेमा एक जना पुरुष र एक जना महिला छन् ।

उनिहरुको नाम विवरण प्रहरीले नखुलाए पनि अर्घाखाँचीका भएको बताएको छ । सवैको ध्यान निर्वाचन तर्फ गएकोले उक्त दुर्घटनाको खवर ओझेलमा परेको छ । अर्घाखाँचीबाट धेरै आफन्तजन निर्वाचनताका सञ्चारकर्मीहरु संग रुदै आफन्जतको खासी हुन नसकेको गुनासो गर्दै थिए ।

चुनाव अघि एक जनाको र चुनाव पछि दुई जना सहित पछिल्लो चरण तिन जनाको शव फेला परेको बताईएको छ ।

मृतकहरु मध्ये अर्घाखाँचीका अन्दाजी ५२ वर्षिय नुदराज अधिकारी , दैलेखका अन्दाजी ३२ वर्षिय अमरबहादुर शाही , नवलपरासीको वर्दघाट १ वस्ने अन्दाजी ५० वर्षिय कृष्ण ढकाल , अर्घाखाँची कै अन्दाजी ४३ वर्षिया लक्ष्मी पौड्याल रुपन्देशी देवदह ९ का अन्दाजी ३० वर्षिय दिपक पाण्डे कपिल वस्तुका ४३ वर्षिय ओमबहादुर सिंजापति र अरु विवरण नखुलेको विष्णु भन्ने एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

२२ जना घाईते मध्ये कतिपयको भरतपुरस्थित पुरानो मेडिकलमा उपचार भई रहेको जनाईएको छ । प्रहरीका अनुसार अर्घाखाँचीका राजेन्द्र रायमाझी र बाँके कोहलपुर ७ की उमा पोखरेलको अवस्था केहि गम्भीर रहेको छ । अर्घाखाँची घर बताईएका चालक एमबहादुर क्षेत्री प्रहरी हिरासतमा रहेका ेजनाईएको छ ।

पश्चिमाञ्चल वस व्यवसायी संघ अर्घाखाँची शाखा प्रमुख कमल भट्टराईका अनुसार २६ जना काठमाण्डौ वसवार्कबाट चढेका थिए । दुई जना कलंङकीबाट र दुई जना र अरु दुई जना विचबाट चढेको जानकारी आफुले पाएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *