Menu

नवलपरासीमा राष्ट्रिय सहकारी बैङकको शाखा स्थापना गर्न माग

नवलपरासी २६ मंसिर । नवलपरासी जिल्लाका सहकारी कर्मीहरुले सहकारी क्षेत्रको एकमात्र बैङकको रुपमा रहेको राष्ट्रिय सहकारी बैङको शाखा तत्काल स्थापना गर्न माग गरेका छन् । बैङकले मंसिर २५ गते नवलपरासीमा आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

नवलपरासीमा रहका करिब ५ सय सहकारीमा रहेको १० अर्व पु“जी अन्य बैङकहरुमा गएको र अन्य बैङकबाट सकारी संघ संस्थाहरुलाई आवश्यक परेको समयमा कर्जा समेत नपाउने अवस्थाको अन्त्यका लागि सहकारी बैङकको शाखा माग गरेका हुन । कार्यक्रममा राष्ट्रिय सहकारी बैङकका प्रबन्ध सञ्चालक के.वी उप्रेतीले शाखा सञ्चालनका लागि राष्ट्रिय बैङकमा माग गरिएको र अनुमति पाउ“दासाथ शाखा सञ्चालन गरिने बताउ“नुभएको थियो । उहाले देशभरका क्रियाशिल सबै सहकारीलाई बैङकमा आवद्ध गराई सहकारीमार्फत समाजको आर्थिक समाजिक रुपान्तरणमा सहकारी बैङकको भुमिका प्रभावकारी बन्दै गएको बताउ“नुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव चन्द्र ढकाल, राष्ट्रिय सहकारी बैङकका संस्थापक सञ्चालक मुक्तिनाथ पाण्डे, जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पती अधिकारी, सचिव तिलक पराजुली लगाएतले देशको सहकारी अभिानलाई वित्तीय लगाएतक संस्थागत विकासका लागि सहकारी बैङकसंग सहकार्य गर्न आव्हन गर्नुभयो । कार्यक्रममा बैङको संक्षिप्त परिचय साथै समसामायिक अवस्थाको बारेमा बैङकका सञ्चालक रामबहादर जि.सीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पैडेलको अध्यक्षता र बैङका सञ्चालक जिसीको स्वागत तथा बुटवल शाखा प्रमुख नरेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नवलपरासीका १ सय १० जना सहकारी कर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *