Menu

पर्वतको प्रतिनिधी सभामा गिरी, प्रदेश सभामा अधिकारी र लम्साल बिजयी !

महेन्द्र केसी, पर्वत २०७४ मंसिर २४ । पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।
एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।

प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार ७ सय २५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार८ सय १९ मत पाएका छन । जोशीलाई गिरीले फराकिलो मतान्तरले पराजित गरेपछि एउटा इतिहाँस समेत कायम गर्न सफल भएका छन । पर्वतमा निर्वाचन हार्न नजानेको भनेर जोशीलाई चित्रित गरिदै आएपनि उनलाई एमालेका युवा नेता गिरीले पराजित गरेपछि त्यो इतिहाँस तोडिएको हो ।

यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन । प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन । निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने पराजित हुन पुगेका नेपाली गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन । गुरुङ्ग यो निर्वाचनमा पराजित भएपछि हारको ह्याट्रिक बन्न पुगेको छ । उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका थिए ।

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेस कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. सब प्रथम त जिबित परमप्रभु येशु ख्रिष्ट पबित्र आत्मालाई धन्यबाद मिमा होस कमरेड हरुलाई पनि बधाई धन्यबाद छ बिजय हुनुभएको मा जनताको प्रेम पाउनु भएको छ त्यो प्रेमलाई नबिर्सनु होला है

Leave a Reply

Your email address will not be published. Required fields are marked *