Menu

काँग्रेसका चन्द्र केसीलाई १५ हजार मतले पराजीत गर्दै एमालेका गोकर्ण बिष्ट बिजयी

प्रेम सुनार, गुल्मी २०७४ मंसिर २३ । गुल्मी जिल्लाको प्रतिनिधी सभा सदस्यको पहिलो परिणाम सार्वजनिक भएको छ । एमाले नेता गोकर्ण बिष्ट आफ्ना निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसका उमेदवार चन्द्र केसीलाई झण्डै १५ हजार मतले पछी पार्दै बिजयी भएका हुन् ।

बिष्टले ३४९१८ मत प्राप्त गरेका थिए भने केसीले २०१५६ मत प्राप्त गरेका थिए ।

अर्को प्रतिनिधी सभा सदस्यमा एमाले नेता प्रदीप ज्ञवाली नेपाली काँग्रेसका चन्द्र भण्डारी भन्दा राम्रै मतान्तरले उछिनी रहेका छन् ।

प्रदेश सभा सदस्यमा पछिल्लो नतिजा अनुसार एउटामा माओवादीका दिनेश केसी र अर्को प्रदेश सभा सदस्यमा एमालेका खड्ग केसी निर्वाचित भैसकेका छन् । नतिजा आउन बाँकी अन्य दुई प्रदेश सभामा पनि बाम उमेदवारको अग्रता कायम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *