अपडेट : यस्तो आयो पछिल्लो नतिजा : पर्वतमा नेपाली काँग्रेस क्लिन स्वीप हुने संकेत !

महेन्द्र केसी, पर्वत २०७४ मंसिर २३ । पर्वत जिल्लाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले अग्रता कायम गरेको छ ।

पर्वत जिल्लाबाट लगातार ३ पटक साँसदमा निर्वाचित भएर ह्याट्रिक गरेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी मंसिर २१ गते सम्पन्न दोश्रो चरणको निर्वाचनमा पराजीत हुने संकेत देखिएका छ ।

मत गणनाको पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका साझा उमेदवार एमालेका पदम् गिरीले प्राप्त गरेको मतले यहि संकेत दिई रहेको छ । गिरीले पछिल्लो मत परिणाम अनुसार १७ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिव्दन्दी जोशीले प्राप्त गरेको १२ हजार २ सय २९ मतसंख्यामा यो ५ हजार ४ सय ३६ कम हो । यति फराकिलो मतान्तरलाई हेर्दा पर्वत जिल्लामा पनि म्याग्दी, मुस्ताङ र बागलुङ जिल्लामा जस्तै नेपाली काँग्रेस बढारिने (क्लिन स्वीप) संकेत देखिएको हो ।

यसैगरी २ प्रदेश सभा सदस्यमा पनि नेपाली काँग्रेसका उमेदवारहरु गठबन्धनका उमेदवार भन्दा कम मत ल्याएको मतगणनाको पछिल्लो
परिणामले देखाएको छ ।

प्राप्त मत परिमाण अनुसार पर्वत जिल्लाको क प्रदेशसभा सदस्यमा माओवादी नेत्र अधिकारीले ८२४५ मत प्राप्त गरेका छन भने प्रतिव्दन्दी काँग्रेसका नवराज गुरुङले ७७१३ मत प्राप्त गरेका छन् । ।

यस्तै ख प्रदेशसभा सदस्यमा एमालेका विकास लम्सालले ८,३६६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका राजेन्द्र तिवारीले ७१७८ मत प्राप्त गरेका छन् ।

अपडेट : पर्वतको ताजा नतिजा

प्रतिनिधिसभा क्षेत्र संख्याः १
पदम गिरीः (एमाले) २१५४७ (अग्रता)
अर्जुन जोशीः (नेका) १५१३८
***
प्रदेशसभा क्षेत्रसंख्याः २
प्रदेशसभा (क)
नेत्र अधिकारीः(माओवादी केन्द्र) १०३७४ (अग्रता)
नवराज गुरुङः (नेका) ८९१२
***
प्रदेशसभा (ख)
विकास लम्सालः (एमाले) ९५३३ (अग्रता)
राजेन्द्र तिवारीः (नेका) ८४२४

अहिलेसम्म गनिएको मत संख्या: ३८८१९

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *