Menu

गुल्मीमा मतगणना जारी, एमालेका ज्ञवाली र बिष्ट भन्दा काँग्रेसका भण्डारी र केसी पछी

कमल पौडेल, गुल्मी २०७४ मंसिर २३ । दोश्रो चरणमा गुल्मी जिल्लामा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना जारी रहको छ ।आज विहान ७ बजे सम्मको मतगणनाको परिणाम अनुसार गुल्मीमा बाम गठबन्धनले अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार गुल्मी क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका उमेदवार एमालेका प्रदीप ज्ञवाली र २ का एमाले उमेदवार गोकर्ण विष्ट नेपाली काँग्रेसका उमेदवार क्रमश चन्द्र भण्डारी र चद्र केसी भन्दा अगाडी रहेका छन् ।

ज्ञवालीले १०१६६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका भण्डारीले ८१५५ मत ल्याएका छन् । यसैगरी क्षेत्र नं २ का एमाले उमेदवार विष्टले ११६९० मत प्राप्त गरेका छन उनका प्रतिव्दन्दी काँग्रेसका केसीले ५८३८ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा १ माओबादीका सुर्दशन बलालले ६४८५ कांग्रेसका पृथबहादुर फौदारले ५३०८ मत प्राप्त गरेका छन् । यसै गरि प्रदेश सभा २ एमाले कमल श्रेष्ठले ६४०३ कांग्रेस धनेन्द्र कार्कीले ४९०१ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं। २ को प्रदेश सभा १ मा एमालेका खड्ग केसीले ९६१९ मत ल्याएका छन भने कांग्रेसका शालिक पन्थीले ७१३६ मत प्राप्त गरेका छन् । प्रदेश सभा ख मा माओवादीका दिनेश पन्थीले १०४२४ मत ल्याएका छन भने कांग्रेसका छन्दबहादुर पहराई ६०७९ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *