लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान बुर्तिबाङमा (तस्बीर)

झरना कँडेल, बुर्तिवाङ २०७४ मंसिर २३ । लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरिएको अभियान अन्र्तगत बिभीन्न ठाउँमा आज पनि बिभिन्न कार्यक्रम सम्पन्न भएका छन । अभियानका क्रममा अल्पकालीन सेवा केन्द्र , महिला समन्वय समिती र ईलाका प्रहरी कार्यलय ढोरपाटन नगरपालीका वडा नं १ बुर्तिबाङले लैगींक हिसा बिरुद्धको कार्यक्रम गरेको छ ।

‘लैङगिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ’ लैगींक हिशां अन्त्य गरौँ, लैगींक हिशां बिरुद्धको १६ दिने अभियान सफल पारौ ,, घरेलु हिसां अन्त्य गरौँ , हिसांको अन्त्य गरौँ समृद्ध जिवन बनाउ भन्ने नारा लेखीएका प्ले कार्ड सहित बजार परीक्रमा गरी सुरुवात गरीएको कार्यक्रममा बोल्ने बक्ताले हरेक ३ महिला मध्ये एक महिला हिसांमा परेकोमा दु:ख ब्यक्त गर्दै , हिसां सहेर बस्नु पनि हिसां नै रहेको बताउदै , आफ्नो अधिकारका लागी आफै जागरुक हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै ढोरपाटन नगरपालीकाका उपप्रमुख करमति पुनले महिलाले महिलालाईपनि हिसांमा पारेको धेरै घटना भएको बताउदै , महिलाले महिलाको मनोभावना बुझेर महिलाहरु जागरुक हुनसके महिला हिसां कम गर्न सकिने बताइन् ।

कार्यक्रममा पुर्कोट आमा समुहकी अध्यक्ष गमी बुढा , उत्तरगंगा उच्च माध्यमीक बिद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा गंगा चालीसे , महिला समन्वय समिती की सदस्य थुमकला पौडेल , सदस्य गिता शर्मा , स्वास्थ्यकर्मी लक्ष्मी बानीया , नेष्डो नेपाल बुर्तिबाङ शाखा प्रमुख पुष्पा मल्ल , सीवाईसीका प्रमुख दयाराम थापा , ढोरपाटन नगरपालीका वडा नं १ का सदस्य पदमकुमारी बिक ,ढोरपाटन एफ एमका मीनु बिसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

समितिकी सदस्य मीरा सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमका बुर्तिबाङ महिला बचत तथा रिण सहकारी संस्थाी सचिब लीलमाया पुनको अध्यक्षता तथा महिला समन्वय समीतीकी संयोजक दिलमायाँ पौबीको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *