गुल्मीको सवै क्षेत्रमा वाम गठबन्धनको अग्रता !

कमल पौडेल गुल्मी २०७४ मंसिर २२ । गुल्मी जिल्लाको मतगणनाको पहिलो परिणामले सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको १ हर्मीचौर, २ अरवेनी र ३ जयखानीको मत गणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको १८०९ मत प्राप्त गरेका छन भने काग्रसका चन्द्र भण्डारीले १३८२ मत ल्याएका हुन । उक्त क्षेत्रमा अहिलेसम्म ३२५३ मत गणना भएको छ ।

त्यस्तै प्रतिनिधी सभा २ को मदाने गाउँपालिका अन्र्तगत वार्ड नम्बर १ अग्लुङ, वार्ड नम्बर २ वाझकटेरी र वार्ड नम्बर ३ सिर्सेनीको मतगणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टले २६६८ मत ल्याएका छन भने काग्रेसका उम्मेदवार चन्द्र केसीले १०७२ मत ल्याएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *