अपडेट : प्रतिनिधी तथा प्रदेश सभा सदस्य सबैमा काँग्रेस पछाडी, बामगठबन्धनमा खुशियाली !

कमल पौडेल/किरण आचार्य, बागलुङ, २०७४ मंसिर २२ । बागलुङ जिल्लाको २ प्रतिनिधी सभा र ४ प्रदेश सभा सदस्य सबैमा बामगठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिधी सभा सदस्य तर्फ क्षेत्र १ मा काँग्रेसकी चम्पादेवी खडकाले ६२५५, बामगठबधनका सूर्य पाठकले १०३५६ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा काँग्रसका निरज पुनले ५३८२ मत र उनका प्रतिव्दन्दी बामगठबन्धनका देवेन्द्र पौडेलले ७०५२ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा तर्फ १ क मा बामगठबन्धनका इन्द्रलाल सपकोटा ५०१२, नेकाका दीपेन्द्र थापा ३८३१ मत तथा ख मा नेकाका प्रकाश शर्मा पौडेलले २६८३ मत बामगठबन्धनका कृष्ण थापाले ३८१९ प्रदेश सभा २ को क तर्फ नेपाली काँग्रेसका मन्जेश मल्लले ३९८९ माओवादी केन्द्रका चन्द्र बुढा सागरले ४४४७ मत प्राप्त गरेका छन् । प्रदेश सभा २ को ख तर्फ काँग्रेसका जित बहादुर शेरचनले ३०७३ मत प्राप्त गरेका छन् भने बामगठबन्धका टेकबहादुर घर्तीले ५६०५ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *