म्याग्दीमा एमालेका थापा, काँग्रेसका गर्बुजा भन्दा २५ सय ४१ मतले अगाडी

म्याग्दी २०७४ मंसिर २२ । म्याग्दी जिल्लाको प्रतिनिधी सभा सदस्यमा नेकमा एमालेका भूपेन्द्रबहादुर थापाले काँग्रेसका खमबीर गर्वुजा भन्दा २ हजार ५ सय ४१ मतले अगाडी रहेका छन् ।

एमालेका थापाले हाल सम्मको मत परिणाम अनुसार १० हजार ४ सय ३१ मत प्राप्त गरेका छन भने उनका प्रतिव्दन्दी गर्वुजाले ७ हजार ८ सय ९० मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश सभा तर्फ क मा राप्रपाका भीम प्रसाद गौचन भन्दा माओवादीका विनोद केसी ८ सय १२ मतले अगाडी रहेका छन् । केसीले ४ हजार ९ सय ५० मत ल्याएका छन् भने गौचनले ४ हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।

ख प्रदेशमा एमालेकी नरदेवी पुनले ३ हजार ६ सय ४० मत प्राप्त गरेकी छन भने उनका प्रतिव्दन्दी नेपाली काँग्रेसका अमलाल फगामी पुनले ३ हजार ७ सय ३८ मत ल्याएर पुन भन्दा ९८ मतले अगाडी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *