गुल्मीमा भोलि बिहान साढे आठ बजे पछि गणना सुरु गरिने : मुख्य निर्वाचन अधिकृत

प्रेम सुनार, गुल्मी २०७४ मंसिर २१ । ५ नम्वर प्रदेशको गुल्मी जिल्लामा भएको दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा ६५ देखि ७१ प्रतिशत सम्म मत खसेको सरकारी अधिकारीहरुको दावी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले साँझ ६ वजे सम्म ७० प्रतिशत मत खस्ने आंकलन गरिएको बताए । केहि सामन्य घटना वाहेक गुल्मी जिल्लाको निर्वाचन शान्तिपुर्ण , निष्पक्ष र धाधलीरहित भएको हामीले पाएका छौ प्रमुख निर्वाचन अधिकृत न्यौपानेले भने, साँझ ५ वजे सम्म ६० प्रतिशत मत खसेको जानकारी आएको छ , पाँच वजे भित्रमा मतदाता नामावली पेश गरी सकेका संख्यालाई हेर्दा ७० प्रतिशत मत खस्ने देखिएको छ ।

गुल्मीमा शान्ति सुरक्षाको समग्र अवस्था हेर्दा चुस्त र कडा पारिएको पाईको छ । नेपाली सेना , शस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हरेक मतदान केन्द्रमा प्रत्येक ५ मिनेटको अन्तरमा मतदान केन्द्र र त्यस स्थानका गाउँहरुमा पट्रोलिङ्ग गरेको पाईयो । मतदान स्थल मध्ये केहि स्थानमा वामगठबन्धनका कार्यकर्ताहरु आक्रमण रुपमा प्रस्तुत हुन खोजे पनि सुरक्षा निकायले केहि वेर मै विवादलाई समान्य पारेको पाईएको छैन् ।

यस जिल्लाको पुर्कोदहको २ स्थान र हाडहाडे सहित ३ स्थानको जंगलमा वम विष्फोठनको घटना घटे पनि मतदाताहरु खासै त्रसित भएको देखिएन ।

पत्रकारहरुको रिपोर्टिङ्गलाई हेर्ने हेर्ने हो भने गुल्मीमा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ को उपल्लो तम्घास मावि केन्द्रको स्थल ख मा सवै भन्दा बढि मत खसेको छ । ‘साँझ ५ वजे सम्म ७४ प्रतिशत मत खसेको त्यस मतदान केन्द्रका मतदान अधिकृतले बतएका छन । प्रमुख निर्वाचन अधिकृत न्यौपानेका अनुसार अहिले साँझ सवै भन्दा पहिला क्षेत्र नम्वर १ को घोर्ले मावि केन्द्रबाट मतपेटिका सदरमुकाम तम्घासमा आई पुगेको छ । आज रातभरीमा सवै तिरबाट मत पेटीका आई पुग्ने र भाृेली विहान ८ देखि साढे ८ वजे भित्रमा सर्व पक्षिय बैठक सकेर मतगणगान सुरु गरिने प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपनेले जानकारी दिए ।

मत पेटिका आज रातभरीमा आई पुग्ने नपुग्ने सम्वन्धमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल संंग जिज्ञाषा राख्दा उनले मतपेटीका सदरमुकाम ल्याउने क्रम जारी रहेको र भोली विहान सम्म सवै स्थानको आई पुग्ने आफुहरुले अनुमान गरेको बताए ।
तस्बिर- कमल पौडेल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *