त्रिभुवन मावि खर्बाङकी छात्रा निरु पुनको असामयिक निधनबाट विद्यालय शोकमग्न !

कमल पौडेल, बागलुङ (खर्बाङ) २०७४ मंसिर २० । त्रिभुवन मावि खर्वाङमा कक्षा ९ मा अध्ययनरत छात्रा निरु पुनको निधन भएको छ। मंसिर १२ गते सम्म विद्यालयमा हाजिर भएकी पुन विरामी भएपछि विद्यालय गएकी थिइनन्। कडा ज्वरो आएपछि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकी १५ वर्षिय पुनको गय राति निधन भएको हो। जण्डीस र टाइफाईड विग्रियको कारण फोक्सोमा असर पर्दा ज्यान गएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

बडीगाड गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष खड्क पुनकी भतिजि रहेकी पुनको आजै हिन्दु परम्परा अनुसार दरम र बडीगाडको दोभानमा दाहसंस्कार गरिएको छ।

पुनको असामयिक निधनले स्तब्ध भएको भन्दै त्रिभुवन मावि खर्वाङले २१ गते विहिवार शोकको घोषणा गरेको छ। प्राचार्य ढालमणि भण्डारी तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु भुसालले शोकको घडिमा धैर्य रहन परिवारलाई आग्रह गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गरेका छन् ।

स्व. निरु पुनको अन्त्यष्टिमा अपार जनसमुहको उपस्थिति थियो भने त्यस अवसरको कारुणिक दृश्यले सबैलाई भावविह्वल बनाएको देखियो । सबैका आँखामा आँशु रसाएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *