म्याग्दीको दर गाउँमा सहकारी शिक्षा तालिम सम्पन्न

सुमन जि.सी, म्याग्दी २०७४ मंसिर १९ । सगम म्याग्दीको आयोजना तथा जि.एन.आइं को आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दीको विकट गाउँ धौलागिरी गाउँपालीका वडा नं. ३ दरमा एक दिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।

त्यस स्थानमा रहेको मुनाल कृषि विकास सहकारीका सञ्चालक समिति तथा उपसमितिहरुको क्षमता विकास गर्ने अभिप्रायले सञ्चालीत तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी एवं प्रशिक्षक नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहकारी मार्फत मात्र समाजको आर्थिक सामाजिक र सास्कृति विकास सम्भव रहेको बताए । पौडेलले सहकारी मार्फत सदस्य तथा समाजको विकास गर्न खोज्नेहरुलाई भर्खर मात्र पारीत भएको सहकारी ऐन अवसरको रुपमा रहेको धारण राखे । कार्यक्रममा म्याग्दी बचत तथा ऋण सहकारी संघ लि. बेनीका अध्यक्ष एवं विशिष्ट अतीथी अमृता भण्डारीले समग्र म्याग्दी जिल्लाको सहकारी अभियानको बारेमा जानकारी गराएकी थिईन ।

तालिम सत्रमा प्रशिक्षक पौडेलले सहकारीको अवधारण, अर्थ, परिभाषा, सिद्धान्त, मूल्य मान्यता, सहकारीको विकासक्रम, सहकारीका प्रकार, यसका संरचना, फाईदाहरु, समिति उपसमितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष देवेन्द्र रोकाको संयोजकत्वमा ७ सदस्यीय सदस्यता विस्तार उपसमिति गठन भएको छ । उपसमितिले ९९ घर भएको दर गाउँमा ३ जना मात्र संस्थाका शेयर सदस्य रहेकोमा पौष मसान्तसम्म ९६ घरका ९६ जना शेयर सदस्य थप गरी कार्ययोजना निर्माण गरेको छ ।

संस्थाका अध्यक्ष रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगम म्यादीका जे.टी.ए. कृष्ण सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *