महिला माथि हुने हिंसाको अन्त्यको लागि सोंच र मानसिकतामा परिवर्तन आवश्यक-प्रजिअ थापा

कोपिला कंडेल, बागलुङ २०७४ मंसिर १९ । महिला हिसा सामाजिक कलंक भएको हुदा सामुहिक रुपमा अन्त्य गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सुआहारा परियोजनाको संयोजन एबं लैङ्गिक हिसां बिरुद्धको जिल्ला संयोजन समिति बागलुङले आयोजना गरेको लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज बागलुङ्गमा आयोजित एक अन्र्तक्रियाका सहभागिले हिसां रहित समाज निर्माणका लागि सबैले सामुहिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए ।

अधिकाशं महिलाहरु नागरिकताको अभावमा हिसां खेप्नुपरेको चर्चा गर्दै सहभागिले प्रहरी प्रशासनले हिसां पिडितलाई सर्बप्रथम सहजरुपमा नागरिकताको उपलब्ध गराउने वातावरणको सृजना गर्नुपर्ने बताए ।

समाजिक आर्थिक, राजनितिक धार्मिक एबं मनोबैज्ञानिक कारणले महिला हिसांमा पर्ने गरेका छन सहभागि बक्ताले भने, यसको अन्त्यको लागि सबै जिम्मेवार र जवाफदेही बन्न जरुरी छ । सहभागिले महिला तथा बालबालिका माथि हुने गरेका हिसां अन्त्यका लागि लैङ्गिक रुपमा बनेका कानुनको पुर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले महिला माथि हुने गरेका सबै प्रकारका हिसांको अन्त्यको लागि सबैको सोच र मानसिकतामा परिवर्तन हुनुपर्ने बताएका थिए । संबिधानमा उल्लेख भए अनुसारको कानुन निर्माण नभएका कारण हिसां पीडित महिलालाई नागरिकता प्रदान गर्न कठिनाई भएको प्रजिअ थापाको स्पोष्टोक्ति थियो ।

सोही अवसरमा नेपाली कांग्रेश बागलुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, माओबादी केन्द्रका राजिव घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुँवर, राप्रपाका जिल्ला सचिव बिष्णु साप्कोटा, नयां शक्तिका अर्जुन खत्री, जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकृृत विश्वसिंह थापा, निमित्त जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, रदाता कार्यलय बागलुङका प्रमुख सुर्यप्रसाद चापागाई, महिला अधिकारकर्मी शकुन्तला शर्मा, ममतादेवी शर्मा, लक्ष्मी बास्कोकटा, कुशुम बुढा, सिता शर्मा,अन्जु जिसी, लक्ष्मी चापागाई, सुआहाराका जगदिश शर्मा,पत्रकार कोपिला कडेल लगायतले बोलेका थिए ।

कार्यक्रम लैङ्गिक हिसां बिरुद्ध जिल्ला समन्वय समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षता, महिला बिकास अधिकारी डिल कुमारी शर्माको स्वागत मन्तब्य र महिला बिकास कार्यालयका सुचना अधिकारी सरस्वती देबी रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *