क्यान्सर पीडित सावित्री विकलाई थप उपचारार्थ काठमाडौ पठाइयो !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ मंसिर १९ । ढोरपाटन नगरपालिका—५ कि १८ बर्षिया व्लड क्यान्सर पीडित सावित्री विकलाई आज थप उपचारको लागि काठमाडौ पठाइएको छ । कमजोर आर्थिक अवस्थाको कारण उपचार गर्न नपाएकी विकलाई ढोरपाटन नगरपालिका र बुर्तिबाङबासीहरुबाट राहत रकम सहयोग भएपछि आज विहान प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्समार्फत काठमाडौको टिचिङ अस्पतालमा रिफर गरिएको हो ।

विकको उपचारको लागि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले व्यक्तिगत रुपमा नगद रु १ लाख, नगरपालिकाको तर्फबाट रु १ लाख गरी कुल २ लाख रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै, ढोरपाटन नगरपालिका, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ र बुर्तिबाङ स्थित सञ्चार माध्यमहरु सामुदायिक रेडियो परिवर्तन, सामुदायिक रेडियो ढोरपाटन र रेडियो बुर्तिबाङले संयुक्त रुपमा सञ्चालन सावित्रा बचाउ अभियानबाट रु ५८ हजार २ सय ६७ रुपैँया संकलन भएको थियो ।

१८ वर्षिय सावित्रा विगत १ वर्षदेखि आर्थिक अभावका कारण राम्रो अस्पतामा गएर उपचार गर्न पाएकी थिइनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *