महिला स्वास्थ्य स्वयंसेविका दिवसमा बुर्तिबाङका ३ जना उत्कृष्ट स्वयंसेविका सम्मानित

सुमन सुनार, बुर्तिबाङ २०७४ मंसिर १९ । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ स्वास्थ्य सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नारा सहित आज १४ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाईएको छ । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाईने यो दिवसको अवसरमा सरकारले उल्लेखनीय योगदान पु¥याएका उत्कृष्ट स्वयंसेविकालाई सम्मान गर्दै आएको छ ।

यसैविच दिवसको अवसरमा बागलुङको ढोरपाटन नगरपालिकामा पनि नगरपालिका क्षेत्रका तिन उत्कृष्ट महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरिएको छ । नगरपालिका क्षेत्रका स्वयम् सेविकाहरुको सेवालाई उच्च मुल्याङन गर्दै ढोरपाटन नगरपालिका वडा नं. ३ की महिला स्वयम् सेविकाहरु दलिमा सुनार, बेल कुमारी छन्त्याल र मिना पुनलाई उत्कृष्ट स्वयम् सेविकाको रुपमा सम्मान गरिएको हो । ढोरपाटन नगरपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले आज एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई नगद पुरस्कार सहित खादा अविर लगाएर सम्मान गरिएको थियो ।

ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका ब्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यकारी अधिकृत राम प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै अधिकृत आचार्यले स्वास्थ्य स्वयम् सेविकाहरुले गरेको सेवाको सहि मुल्याङकन राज्यले गर्न नसकेको बताए । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काममा निकै महत्वपुर्ण भुमिका खेलेको भन्दै स्वयम् सेविकाको कामको सहि मुल्याङकन आवश्यक रहेको उनको भनाई थियो । अधिकृत आचार्यले स्वयेविकाहरुलाई आवश्यक ठाउँमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. २ का अध्यक्ष युवराज महत, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका डा. विजय श्रेष्ठ, स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेल, मनकुमारी कुवँर, घनश्याम शर्मा, मेडिकल अफिसियर डा. मिलन मल्लको विशिष्ट आतिथ्यता रहेको थियो ।

नगरपालिका स्तरका सम्पुर्ण स्वास्थ्य स्वयमसेविकाहरुको विशेष उपस्थीती रहेको कार्यक्रममा स्वयमसेविका तारा मल्लको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन स्वयम् सेविका गमी बुढा मगरले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *