बोवाङमा अवैध घरेलु मदिरा बनाउन नभै नहुने अढाई क्विन्टल मर्चा बरामद गरि नष्ट

बुर्तिवाङ २०७४ मंसिर १९ । बोवाङ प्रहरी चौकीले मंसिर १८ गते साँझ ठुलो परिमाणमा मर्चा बरामद गरी आज विहान ८.१५ बजे नष्ट गरेको छ । ‘मर्चा’ अवैध घरेलु (लोकल) मदिरा उत्पादन गर्न नभै नहुने बस्तु मानिन्छ ।

बुर्तिवाङ देखी सुकुर्दुङ तर्फ आउदै गरेको ग १ ख ६०३२ नं को बस बोवाङमा साँझ ६.१५ बजे चेकजाँच गर्दा सो बसमा ५ वटा बोरामा २ क्विन्टल ३० ग्राम मर्चा प्रहरीले बरामद गरेका थियो ।

बसका चालकले सो मर्चा बुर्तिवाङमा ‘सुकुर्दुङ लगिदिन’ भनी बसमा राखिदिएको बताएको श्रोतले भन्यो । तर कसले कस्लाई दिन भनी बसमा मर्चा पठाएको हो, त्यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

बस चालक निसीखोला गाउँपालिका- ४ खड्क बहादर बुढालाई नियन्त्रणमा लिएर कडाईका साथ सोधपुछ गरेमा मर्चा पठाउने र प्राप्त गर्ने व्यक्तिलाई कार्बाही गर्न सजिलो हुने स्थानीयले बताएका छन् ।

प्रहरीले बरामद मर्चालाई भूजी खोलामा बगाई दिएर नष्ट गरेको हो । लागु औषध मर्चालाई सिधै खोलामा बगाउदा माछा लगायत अन्य जलचरहरुलाई असर पर्ने हुँदा अन्य तरिकाले नष्ट गर्नु उपयुक्त हुने स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *