समाचार प्रभाव : क्यान्सर पीडित साबित्रीको उपचारार्थ ढोरपाटन नगर प्रमुख नेपालीबाट २ लाख सहयोग

राम सुवेदी, बुर्तिबाङ २०७४ मंसिर १८ । ढोरपाटन नगरपालिका वडा नं. ५ की ब्लड क्यान्सर पीडित १८ वर्षिया सावित्री विकको आँखाबाट बर्बर्ती आँशु झार्दै सावित्रीले भन्छिन् – ‘रक्तदान गर्नेहरुको दयाले संसार हेरिरहेकी छु !’ शिर्षक समाचार ईबागलुङमा प्रकाशित भए लगत्तै उनको उपचारका लागि विभिन्न व्यक्ति संस्थाहरुबाट सहयोग प्राप्त हन थालेको छ । आज आईतवार विहान नै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मार्फत क्यान्सर पीडित सावित्रीको उपचारका लागि रु २ लाख सहयोग प्राप्त भएको छ ।

नगर प्रमुख नेपालीले पीडित परिवार तथा विमारीलाई आजै विहान भेटेर आफ्नो व्यक्तिगत रुपमा रु एक लाख र नगरपालिकाका तर्फबाट रु एक लाख गरि दुईलाख उपलब्ध गराउने बताए ।

ब्लड क्यान्सर पीडित सावित्रीको जीवन बचाउन स्थानीय वडा कार्यालय, नगरपालिकाको कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै उपचार हुने हस्पिटलसम्म निःशुल्क उपचारका लागि आफूले निरन्तर पहल गर्ने नगर प्रमुख नेपालीले बताएका छन् ।

यसरी आर्थिक सहायता प्राप्त भएसँगै प्राथमिक स्वास्थ्य केन्द्रका डा.विजय श्रेष्ठको पहलमा काठमाडौ स्थित टिचिङ हस्पिटलमा उपचारका लागि लैजान पहल थालिने भएको छ । गरिव भएकै कारण आर्थिक अभावका कारण लामो समयसम्म उपचार नपाएर घरमै राख्नु पर्ने अवस्थाबाट हस्पिटलसम्म लैजान यत्रो सहयोग गर्ने नगर प्रमुख नेपाली प्रति सावित्रीका बुवा छविलालले धन्यबाद दिएका छन् । सावित्रीलाई भोली नै काठमाडौ लैजाने तयारी भईरहेको छ ।

सावित्रीको बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका ओ पोजेटिभ रगत दिएर जीवन बचाइदै आइएको थियो । नगर प्रमुख नेपालीको यो सहयोगसँगै बुर्तिबाङ बजारमा समेत आर्थिक संकलन अभियान थालिएकाले उनको सहज उपचारको पहल सुरु भएको भन्दै परिवारजन खुसी भएका छन् । यहाँ स्थित हस्पिटलमा ब्लड बैंक समेत नभएको अवस्थामा निसीभूजि जनता क्याम्पस र रेडियो परिवर्तनले गराएको ब्लड ग्रुपिङका मान्छेहरु बोलाएर सावित्री जस्तै सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने रगत दिइदै आएको स्वास्थ्य केन्द्रका ल्याव एसिस्टेन्ट किसान शाहीले बताए ।

यसैबीच नगर प्रमुख नेपालीले नगरपालिका भित्रका गम्भीर अवस्थाभएका आर्थिक हिसावले कमजोर अवस्था भएका सबै विरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न हस्पिटल समितिलाई निर्देशन दिएका छन् ।

सावित्रीका बुबा छविलाल, भारतमा काम गर्ने भएकाले पहिले उनलाई भारतमै लगेर उपचार गरे । उपचारमा लाखौं रुपैयाँ खर्च लाग्ने भएपछि आर्थिक अभावका कारण छविलालले छोरी सावित्रीलाई नेपालमा ल्याएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा रगत चढाएर बचाउँदै आएका थिए ।

अहिले सावित्रीको शरीर पुरै पहेंलिएको छ । उनको शरीरमा रगत उत्पादन हुँदैन । हरेक १५/१५ दिनमा कसैले रगत दिए भने, १५ दिन सन्चोसँग बस्ने हिडने र खाना खाने गरेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *