समाजसेवी खड्काव्दारा चौराह माध्यमिक विद्यालयमा रु ४ लाखको अक्षयकोष स्थापना

घनश्याम गौतम, गल्कोट २०७४ मंसिर १७ । चौराह माध्यमिक बिद्यालय गल्कोट नगरपालिका बाड नं १ दुदिलाभाटी झाक्रिस्थानमा आज समाजसेवी दुर्गा बहादुर खड्काका छोरा तथा बिद्यालयका पुर्ब बिद्यार्र्थी राज कुमार खड्काले रु ४ लाखको अक्षय कोषको स्थापना गरेका छन् ।
हाल जापानमा कार्यरत खड्काले चौराह माध्यमिक बिद्यालयमा अध्ययनरत गरिब बिपन्न तथा अनुशासित एब जेहेन्दार बिधाथीहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताए ।

अनुशाषित, जेहेन्दार गरिब तथा बिपन्न बिधार्थीलाई सो अक्षयकोषबाट बार्षिक रुपमा प्राप्त हुने ब्याजबाट आवश्यक शैक्षिक सामाग्र्री लगाएतका सामाग्री बितरण गर्ने गरिने सो अबसरमा जानकारि गराइएको थियो ।

सो अक्षयकोषको रकम दाता राजुकुमार खड्काले बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष इन्द्रसिह बुढाथोकी र प्रधानाध्यापक बिन्द्र बहादुर खत्रीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सो अक्षयकोष रकम सहयोगदाताको आफान्तजन इश्बर थापा, चित्र बहादुर खत्री, शिक्षकहरु एकराज शर्मा इन्द्र प्रसाद शर्माको रोहोबरमा हस्तान्तरण गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयमा अक्षयकोषको स्थापना गर्ने राजु कुमार खड्का प्रति बिद्यालयले हार्दिक धन्यबाद ज्ञापन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *