हटिया र मजुवा जोडने गौदी खोलाको मोटरेबल पुलको निर्माण कार्य पुन: सुरु

घनश्याम गौतम, २०७४ मंसिर १७ । गल्कोट नगरपालिका बाड नं ३ हटिया र गल्कोट नगरपालिका बाड नं ६ मजुवा जोड्ने गौदी खोला शिवालय घाटको मोटरेबल पुल निर्माण कार्य पुन सुरु भएको छ ।

नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले सो पुलको निमार्ण जिम्मा लिएको थियो । सो मोटरेबल पुलको काम हिन्दुहरुको महान पर्व बिजया दशमी तथा सुभ दीपाबली तथा गत मसिर १० गते सम्पन्न प्रथम चरणको प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनको कारणले निर्माण कार्यलाई तिब्रता दिन नसकिएको निर्माण सेबाले जनाएको छ ।

आज गौदी खोलामा बनाइएको पुलको पि सेट सम्याउने काम भैरहेको जानकारी दिँदै निमार्ण सेवाका निरीक्षक महेन्द्र घर्तीले भने दोश्रो चरणको निर्बाचन सम्पन्न भए लगतै निर्माण कार्यले तिब्रता पाउने बताबरण बन्छ, हामी पुलको निर्माण अधिकतम छिटो गर्ने प्रयासमा जुटेका छौं” ।

निरिक्षक घर्तिले चाडपर्ब तथा निर्बाचनले गर्दा कामगर्ने कामदार, समाग्रीको उपलब्धता र ढुबानीमा समस्या भएकोले गत असोजबाट काम बन्द भएको थियो अब मसिर २१ गते पश्चात निर्माण कार्य पुन तिब्र गतिमा हुने बताए ।

कच्चा सामाग्रीको ब्यबस्थापनको लागी सम्मो बनाउने काम भैरहेको बताउदै उनले करिब ६० प्रतिशत सम्पन्न भएका जानकारी दिए ।

कुल ३ करोड ७ लाख लागतमा २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुल निर्माणको काम गत २०७३ साल मसिर बाट सुरु भएको हो । यो नेपाल सरकार सडक निर्माण विभागले नयाँ ईन्जिनियरिङ अनुसार बनाउने नेपालको पहिलो पुल भएको जानकारी दिँदै घर्तीले अधिकतम छिटो र स्तरीय काम गरेर २०७५ सालको असार भित्रै सम्पन्न गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *