आँखाबाट बर्बर्ती आँशु झार्दै सावित्रीले भन्छिन् – ‘रक्तदान गर्नेहरुको दयाले संसार हेरिरहेकी छु ! ‘

गरीब परिवारकी ब्लड क्यान्सर पीडित १८ वर्षिया सावित्री विकको जिउने रहर !

राम सुवेदी, बुर्तिबाङ २०७४ मंसिर १७ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ की १८ वर्षिय सावित्री जीवनमा जीउने धोको बाहेक अरु केही देख्दिनन् । कलिलो उमेरमा ब्लड क्यान्सर भएकी सावित्री विक गरिब परिवारको कोखमा जन्म लिएकै कारण, चाहेको ठाउँमा औषधी उपचार गर्ने मौका नपाएर मृत्युसँग लडिरहेको गुनासो गर्छिन् । करिव १ वर्ष अघि काठमाडौ स्थित टिचिङ हस्पिटलमा चेकजाँच गराएपछि रगतमा समस्या देखाएको चिकित्सकले बताएका थिए ।

सावित्रीका बाबा छविलाल, भारतमा काम गर्ने भएकाले उपचारका लागि उनलाई भारतमै लगियो । भारतको एक हस्पिटलमा उपचार गराएका सावित्रीका बाबा छविलालले आफ्नो साथमा भएको र गाउँमा साथीभाई स्टमित्रसँग लिएको करिव डेडलाख भारतीय रुपैयाँ सकेको बताउनुहुन्छ । तर सावित्रीको बिमार भने जस्ताको तस्तै रहयो ।

भारतमा बसेर उनको बिमार निको नभएपछि छविलालले छोरीलाई नेपालमा ल्याएर विभिन्न स्थानमा उपचारका लागि सोध खोज पनि गराए । तर डक्टरले लाखौं रुपैयाँ खर्च लाग्ने बताएपछि गरिवीकै कारण सावित्रीको चाहेको ठाउँमा उपचार हुन नसकेको छविलालको भनाई छ ।
अहिले सावित्रीको ज्यान पुरै पहेंलो देखिन्छ । उनको शरीरमा रगत उत्पादन हुँदैन । हरेक १५/१५ दिनमा कसैले रगत दिए भने, १५ दिन सन्चोसँग बस्ने हिडने र खाना खाने गरेको परिवार बताउँछन् ।

परिवार गरिव भयो । पैसा भएन, उपचार गर्ने ठाउँसम्म जानपनि सकिएन । रक्तदान गर्नेहरुको दयाले संसार हेरिरहेको छु । आँखाभरी आशु लिंदै सावित्रीले भेटन जाने सबैसँग यस्तो दुखः पोख्छिन् ।

१८ वर्षको यो उमेरमा गरिवीकै कारण औषधी उपचार नपाउने सावित्री जस्तै अरुपनि धेरै गरिव परिवार होलान । तर सहयोग गर्ने र गुहार सुन्ने आफन्त नातेदार वा अरु कुनैपनि त्यस्तो दाता नपाए छोरीको चित्कार सुनेर बस्नुको विकल्प नभएको, सावित्रीका बुवा छविलालले गहभरी आँशु लिंदै बताउछन् । जव जव उसको शरीरमा रगत सकिन्छ, मरे बाबा भन्दै कराउँछ, चिच्च्याउँछ, मुटु भरिएर आउँछ । छोरीको त्या पीडा देखेर मन थाम्न सक्दिन बोकेर बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याएर रगत चढएर लैजाने गरेको छु । यो सावित्रीका बुवा छविलालको करुणा हो ।

विगत १० महिना यता सावित्राको बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका ओ पोजेटिभको रगत खाजेर चढाइदै आएको छ । निसीभूजी जनता क्याम्पस र रेडियो परिवर्तनले गराएको ब्लड ग्रुपिङका मान्छेहरु बोलाएर सावित्रीलाई रगत दिइरहेको स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन किसान शाहीले जानकारी दिए । स्वास्थ्य केन्द्रमा ब्लड बैंक छैन । केन्द्रका डक्टर, कर्मचारी तथा आफ्ना साथीभाई जस्को रगत ग्रुप मिल्छ उनीहरु कोही बाँकी नभएको शाहीको भनाई छ । सावित्रीलाई अहिलेसम्म स्वास्थ्य केन्द्रबाट १२ पटकसम्म रगत चढाइएको शाहीको भनाई छ ।

स्थानीय वडा कार्यालय, नगरपालिकाको कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै राज्यका ठूला हस्पिटलसम्म लैजान सहयोग गर्ने मान्छे भएमा सावित्रीको ज्यान बच्न सक्ने स्वास्थ्य केन्द्रका डक्टरहरुको भनाई छ । यस्ता गरिव असाह्यहरुलाई राज्यले समेत सहुलियतमा उपचार गर्ने व्यवस्था गरिदिएको छ । उनको जीवन बचाउन अभियान समेत सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यस्तो संघ संस्थाको समेत खाँचो रहेको स्थानीय मधु कुवँरले ईबागलङलाई बताए ।

आफू गरिव परिवारको भएकै कारण पनि यस्तो दीर्घ रोगबाट छोरीको उपचार गर्न सकिएन । लाउँ लाउँ खाउँ खाउँकै उमेरमा ज्यान जाने खतरा बढेको छ । कोही कसैको दया जागे छोरी बचाउन सकिन्छ कि भन्ने सावित्रीका बुवा छविलालसंग आखिरी आशा र भरोशा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *