ढोरपाटन नगरपालिकामा मासु ब्यवसायी तदर्थ समितिको गठन

सुमन सुनार, बुर्तिबाङ २०७४ मंसिर १७ । ढोरपाटन नगरपालिकामा नगरपालिकास्तरीय मासु ब्यवसायी तदर्थ समिति गठन गरिएको छ ।

ढोरपाटन नगरपालिका क्षेत्रका कुखुरा विक्रेता र तयारी मासु विक्रेताहरुको बुर्तिबाङमा बसेको एक भेलाले खगेन्द्र विश्वकर्माको अध्यक्षतामा
१३ सदस्यीय ढोरपाटन मासु ब्यवसायी तदर्थ समितिको गठन गरिएको हो । जसको सचिवमा रमेश कुँवर, सह–सचिवमा विर बहादुर पुन मगर, कोषाध्यक्षमा खिम कुमारी शेरचन र अन्य सदस्यहरु रहेका छन् ।

भेलाले ब्यवसायीहरु विच रहेको अस्वस्थ प्रतिस्पर्धा हटाउने, कुखुरा तथा मासु उचित मुल्यमा खरिद विक्रि गर्ने, नगरपालिका क्षेत्रमा दर्ता प्रक्रियामा नगई सञ्चालन गरिएका कुखुरा फम तथा मासु पसलहरुलाई दर्ता प्रक्रियामा जान अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

जिल्ला मासु ब्यवसायी संघ बागलुङका अध्यक्ष तेजिन्द्र बहादुर जि.सीको अध्यक्षता रहेको भेलामा जिल्ला मासु ब्यवसायी संघका सचिव कृष्ण बहादुर कार्कीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन सदस्य
लोकेन्द्र बहादुर के.सीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *