नाच्नेडाॅडा घुम्ति, भल्साङ, ज्यामिरेखोला, फल्टे खोला र टोकरीमा सडक मर्मत

थम्मन थापा सन्देश, बागलुङ २०७४ मंसिर १७ । यात्रुलाई सहज आवागमनको लागि गलकोट नगरपालिका वडा नं ७ मा सडक मर्मत गरिएको छ । मल्म पाण्डवखानी सडकमा अन्तरगत नाच्नेडाॅडा घुम्ति, भल्साङ, ज्यामिरेखोला, फल्टे खोला र टोकरीमा सडक मर्मत गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

सडकमा नियमित बस सेवा सञ्चालनमा आएपछि सहज यात्राको निमित्त घुम्तिहरु मिलाउने, खाल्डा खुल्डी पुर्ने र साॅघुरो ठाउमा फराकिलो पार्ने काम सम्पन्न गरिएको वडा सदस्य दल बहादुर थापाले जानकारी दिए । उक्त सडकमा मंसिर पहिलो साताबाट बागलुङ भगवती यातायात सेवाले सडक निर्माण भएको १२ वर्ष पछि पहिलो पटक पाण्बडवखानी सम्म बस सेवा सञ्चालन गरेको थियो ।

करिब १ लाखको लागतमा सडक मर्मत सम्पन्न भएको हो । सडकको विभिन्न ठाउमा आवश्यकता अनुसार तत्कालै सोलिङ फिलिङ र कटिङ गर्ने योजना वडाले तय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *