पोखरामा आहा/रारा गोल्ड कप फुटबल प्रतियोगिता १६ औँ संस्करणको तयारी तीब्र !

हङकङ सहारा साँझबाट यस बर्ष सहारा क्लवलाई १५ लाख रुपैया सहयोग !

कविता घर्तीमगर, पोखरा, २०७४ मंसिर १७ । मोफसलकै प्रतिष्ठित १६ औँ संस्करण आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघ ९ गते देखि २० गते सम्म पोखरा रंगशालामा संचालन हुने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रतियोगितामा विदेशी, विभागिय टिम सहित ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता हुने क्लवले जनाएको छ ।“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरण पोषणमा खर्चिदै आएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउँनु रहेको क्लवले जनाएको छ । सहारा क्लवद्धारा संचालित तेश्रो व्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन । उनीहरुको निःशुल्क स्वास्थ्य, शिक्षा, फुटवल प्रशिक्षण लगायतको सुविधाको मुख्य आयश्रोत नै आहा रारा गोल्ड कपबाट बचत हुन आउने रकम भएकोले गर्दा उक्त प्रतियोगिता क्लवको लागि अनिवार्य रहेको अध्यक्ष थापाले बताए । पोखरा रंगशालाको फुटवल मैदान अन्तराष्ट्रिय स्तरको निमार्णको लागि हाल टेण्डर आव्हान भए पनि केहि प्रकृयाका कामहरु गरी निमार्ण सुरु गर्न अझै केहि दिन लाग्ने भएकोले गर्दा यस बर्षको आहा रारा गोल्ड कप पोखरा रंगशालामै गर्ने गरी आयोजक सहारा क्लवले तयारी सुरु गरेको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए । फुटवल मैदानको पुर्व र पश्चिम पट्टिको प्याराफिट भत्काउने रकम समेत विनियोजन भएकोले गर्दा यदि प्याराफिट भत्काएको अबस्थामा पनि क्रितिम प्याराफिट निमार्ण गरेरै यस बर्ष पोखरा रंगशालामै उक्त प्रतियोगिता हुने भएको अध्यक्ष थापाले बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले आफुहरुले आहा रारा गोल्ड कपसम्मलाई सकेसम्म प्यारापिट नभत्काउने गरी फुटवल मैदान निमार्णको प्रकृया अघि बढाउने बताए । उनले भने “ यस बर्षको आहा रारा गोल्ड कप पोखरा रंगशालाको हालको मैदानमा हुन्छ, यसमा ९० प्रतिशत म विश्वस्त छु, तर हाम्रो देश नेपाल हो, यहाँ जे पनि हुन सक्छ । ”

उक्त प्रतियोगिताबाट एक करोड २१ लाख ८२ हजार आम्दानी गरी ९० लाख ५ हजार ५ सय खर्च गरी बचत भएको रकम सहारा एकेडेमीको भरणपोषणमा खर्चिने भएको क्लवका महासचिव विश्वराज बरालले बताए । उक्त खेल संचालनको लागि अखिल नेपाल फुटबल संघले समय तालिका उपलब्ध गराएको बरालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *