स्थानिय तहको निर्वाचन मत परिणाम अनुसार गुल्मीमा वामगठबन्धन धेरै अगाडी

प्रेम सुनार, गुल्मी २०७४ मंसिर १७ । गुल्मी जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा वामगठबन्धनका उमेदवारहरु २६ हजार भन्दा बढि मतले अगाडी रहेको दावा गरिएको छ । क्षेत्र नम्वर १ मा स्थानिय तहको निर्वाचनको आंकलन गर्दा वामगठबन्धन १२ हजार ८ सय मतले अगाडी थिए । क्षेत्र नम्वर १ का चार वटा गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र संग तालमेल गरेर प्रमुख पद र केहि वडा जिते पनि एमाले एक्लैले सवै उप प्रमुख र अधिकांस वडा जितेको थियो । अहिले माओवादी केन्द्र र एमालेको मात्र होईन क्षेत्र नम्वर १ मा नेकपा माले, राष्ट्रिय जनमोर्चाको समेत साथ रहेको छ ।

झण्डै ३ हजार भन्दा बढि मतदाता विभिन्न पार्टी परित्याग गरी वामगठबन्धनमा प्रवेश गरेका छन् त्यस क्षेत्रको रिर्पोटिङ्गमा खटेका पत्रकार सुदन ज्ञवालीले भने स्थानिय तहको उक्त मत संख्यामा तिन देखि चार हजार थपिने आंकलन वामगठबन्धनका नेताहरुको छ । वामगठबन्धन निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक युवाराज केसीले सुदर्शन वराल उमेदवार रहेको उक्त प्रदेशमा मात्र वाम गठबन्धन ७ हजार भन्दा बढि मतले अगाडी रहेको छ । त्यस क्षेत्रमा वामगठबन्धन वलियो शक्ति बन्दै गएका कारण जनलहर वलियो शक्ति तिरै लामबद्ध हुँदै गएको नेताहरुको दावी छ । प्रदेश ख मा कमलराज श्रेष्ठ पनि प्रदेश १ कै मतान्तरले विजयी हुने दावी गरिदै आएको छ । देश कै प्रभावशाली नेता प्रदिपकुमार ज्ञवालीलाई प्रतिनिधी सभाका लागि वाम पन्थीहरुबाट मात्र नभई अन्य दलबाट व्यक्तिगत मत पनि आउने बताईन्छ ।

यता क्षेत्र नम्वर २ मा साविको क्षेत्र नम्वर ३ २०५१ साल देखि वामपन्थीहरुले लालकिल्ला बनाउँदै आएको क्षेत्र हो । त्यस क्षेत्रमा खटेका पत्रकार शिवलाल सुवेदीका अनुसार स्थानिय तहको निर्वाचनमा १३ हजार मतले अगाडी रहेको वामगठबन्धनको मत यो निर्वाचनको घर दैलो कार्यक्रमका क्रममा प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले विभिन्न दलबाट झण्डै चार हजार जना कार्यकर्ता वामगठबन्धनमा प्रवेश गराई सकेका छन् । त्यस क्षेत्रको प्रदेश १ मा खड्ग केसी र प्रदेश २ मा दिनेश पन्थी प्रतिको जनलहर बढ्दो छ । यता लोकतान्त्रिक गठबन्धनले पनि आफ्नो उमेदवारहरु विजयी हुने दावी गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *