पत्रकार पौडेल बडीगाड गाउपालिकाको सल्लाहाकारमा नियुक्त

खर्बाङ २०७४ मंसिर १५ । पत्रकार कमल पौडेल बडीगाड गाउपालिकाको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । पत्रकार पौडेललाई बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाको अध्यक्षतामा बसेको बैठकले सो गहन जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

लामो समय देखी पत्रकारिता क्षेत्रमा आवद्ध रहेर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएका पत्रकार पौडेल स्थानीय सारथी एपफएमका स्टेशन म्यानेजर हुन् भने नेपाल पत्रकार महासंघका सदस्य पनि हुन् ।

पत्रकार पौडेल शिक्षण पेशामा आवद्ध रहेर पनि यस क्षेत्रको सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्वहुन् । धौलाश्री परिवार सहकर्मी पौडेलको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *