आगामी पुस १ गतेबाट पोखरा रंगशालामा संगम कप फुटबल प्रतियोगिता हुने

कविता घर्तीमगर, कास्की २०७४ मंसिर १५ । आगामी पुस १ गतेबाट पोखरा रंगशालामा छौटौ संगम कप फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरालाई पर्यटन र खेलकुदको राजधानी बनाउने अभियान अन्तर्गत संगम क्लव , पोखराको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । फुटवल खेल तथा खेलाडीहरुको विकाशका लागी आयोजना गर्न लागिएको प्रतियोगितामा पहिलो ,द्धितिय हुनेले क्रमशः १ लाख २५ हजार , ६५ हजारसंगै ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक खेमराज गुरुङले बताए ।

साथै उनका अनुसार प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीले ७ हजार , सर्वाधिक गोलकर्ता र उत्कृष्ठ गोलरक्षकले जनही ५÷५ हजार प्राप्त गर्नेछन् । करिव ६ लाख भन्दा बढि अनुमानित खर्चमा हुन लागेको प्रतियोगिता मा १६ टिमले सहभागिता जनाउने आयोजकले दावी गरेको छ । जिल्ला खेलकुद विकाश समिती कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती, पोखरा लेखनाथ महानगरपालिका कार्यलयको सहयोग तथा संगम एल.जी. एशोसिएशनले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *