भार्सेका समाज सेवीद्धारा वामगठबन्धनलाई समर्थन, कांग्रेस उपसभापति एमालेमा प्रवेश

रिया बस्नेत, गुल्मी २०७४ मंसिर १४ । गुल्मी भार्सेका वरिष्ठ समाज सेवी खेम पुनले आफु राजनैतिक रुपमा कांग्रेस एमाले वा माओवादी कोहि नभए पनि यसपाली वामगठबन्धनलाई समर्थन गर्ने उद्घोष गरेका छन् ।

भार्सेमा वामगठबन्धनले आयोजना गरेको चुनावी सभामा समाज सेवी पुनले भने–‘यसपाली गुल्मी क्षेत्र नम्वर १ मा कांग्रेसबाट चन्द्र भण्डारी प्रतिनिधी सभाको उमेदवार हुनुहुन्छ । वामगठबन्धनबाट प्रदिपकुमार ज्ञवाली हुनुहुन्छ । दुवै नेता मेरा लागि राम्रा हुनुहुन्छ तर दुई राम्रा नेताहरु मध्ये एक जना अति राम्रा छान्नु पर्दा मैले प्रदिप ज्ञवालीलाई छानेर समर्थन जनाउन कार्यक्रममा आएको हुँ ।

उनले आफु कुनै राजनैतिक दलको नभई विशुद्ध व्यवसायी भएकोले जुन दलको भए पनि राम्रो नेता छान्ने र दुवै नराम्रा भए कम नराम्रा छान्ने धारणा समेत राखे । उनि लगायत भार्सेका अगुवा समाज सेवीहरुले साविकको क्षेत्र नम्वर १ ले ईतिहाँसमा पहिलो पटक राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा छवि बनाएका नेता प्रदिप ज्ञवालीलाई पाएकोले सवैले गर्व गर्नु पर्ने धारणा राखेका छन् ।

कांग्रेस उपसभापति एमालेमा प्रवेश

त्यस्तै सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घामा नेपाली कांग्रेसका गाउँ उप सभापति अमरसिंह सिजाली पनि नेता प्रदिप ज्ञवाली लगायतका वामगठबन्धनलाई समर्थन जनाउँदै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । उनको नेतृत्वमा ३३ जना कार्यकर्ता समेत प्रवेश गरेको पत्रकार सुदन ज्ञवालीले जानकारी दिए । जोहाङ्गमा पनि पाँच जना कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *