Menu

बुधबार माईन विष्फोटनमा परी सात जना घाइते

उदयपुर, २०७४ मंसिर १३ । कटारी गाउँपालिकाबाट नेपालटारतर्फ जाँदै गरेको बा.१५ च ७८०६ नम्बरको गाडी उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवार बेशीमा आई पुग्दा अज्ञात ब्यक्तिहरुले राखेको माईन बुधबार बिष्फोट हुँदा उक्त गाडीमा सवार ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नारायण कार्की, मिरा कटुवाल, चालक राजन कार्की, प्रहरी जवान कालीदास श्रेष्ठ, धनमाया सार्की, नवराज पौडेल र गणेश पुरी रहेका छन् । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरद्वारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पु¥याई उपचार भइरहेको छ । घाइतेमध्ये चालक राजन कार्की र धनमाया सार्कीको अवस्था गम्भीर रहेको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ स्थित तुल्सीपुर चोकमा अज्ञात समुहले मंगलबार बिष्फोटन गराउँदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

बिष्फोटनमा परी उक्त ठाउँस्थित अरनिको मैदानमा भएको नेपाली कांग्रेस पार्टीको आमसभा सुरक्षामा खटिएका म्यादी प्रहरी दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय बिनोद चौधरी, सोही ठाउँ बस्ने म्यादी प्रहरी २३ वर्षीय बिनोद चौधरी र अन्य ७ जना सर्वसाधारण गरी ९ जना घाइते भएपछि उपचारको लागि अंचल अस्पताल तुल्सीपुर लगेकोमा म्यादी प्रहरी २३ वर्षीय बिनोद चौधरीको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा बुधबार मृत्यु भएको हो । म्यादी प्रहरी १९ वर्षीय बिनोद चौधरी समेत ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ४ जना गम्भीर घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *